×

NMB BANK
NIC ASIA

कोरोना कहर : वीरगञ्ज भन्सारले भेट्टाउन सकेन राजस्व लक्ष्य

जेठ २, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक
Premier Steels
Marvel

कोरोना महामारीले वैदेशिक व्यापार घटेपछि त्यसको असर भन्सारले उठाउने राजस्वमा देखिएको छ । आयातनिर्यात कारोबारका आधारमा मुख्य नाकास्थित वीरगञ्ज भन्सारले बितेको वैशाख महीनामा लक्ष्यअनुसार राजस्व उठाउन सकेन ।

Muktinath Bank

वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनाका लागि १९ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा १६ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । यो निर्धारित लक्ष्यको तुलनामा करीब १४ प्रतिशत कम भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधादेशको प्रभावले आयात घटेको भन्सारले बताएको छ । ‘वैशाखमा यो नाकाबाट पेट्रोलियम पदार्थ, नयाँ सवारी साधन र अन्य विलासिताका वस्तुको आयात घट्यो । यसको प्रभाव राजस्वमा पनि देखिएको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘कारोबार नै खुम्चिएपछि वैशाख महिनाको राजस्व असुली पनि घट्यो ।’


Advertisment
Nabil box
Kumari

स्थानीय प्रशासनले वीरगञ्जमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञाका कारण सार्वजनिक सवारीका साधन चलेका छैनन् । सरकारले ढुवानी सेवालाई नियन्त्रण नगर्ने भने पनि सहजीकरणमा समस्याले अवरोध भइरहेको व्यवसायीहरूले बताएका छन् ।

Vianet communication
Laxmi Bank

सार्वजनिक सवारीसाधन नचलेपछि पेट्रोलियम पदार्थको आयात घटेको भन्सारले बताएको छ । नयाँ सवारीसाधनको जाँचपास पनि भएको छैन । वीरगञ्ज भन्सारले उठाउने राजस्वमा मुख्य योगदान दिने यी दुई वस्तुको जाँचपास नै घटेपछि राजस्व पनि घटेको पौडेलले बताए ।

निर्माणका सामग्री र उपकरणको आयात पनि घटेको छ । विकास निर्माणका काम प्रभावित भएकाले यस्ता सामग्रीको आयात खुम्चिएको भन्सारले बताएको छ । औद्योगिक कच्चा पदार्थको आयात पनि खस्किएको छ ।

खाद्यान्न, औषधि, औषधिको कच्चा पदार्थ र अन्य अत्यावश्यकीय वस्तुको आयात भने प्रभावित नभएको पौडेलले जानकारी दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x