कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार एवं उपन्यासकार चेतन कार्कीको निधन भएको छ ।
उनको ८३ वर्षको उमेरमा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आइतवार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो।
संक्रमणपछि गत आइतवार उपचारार्थ अस्पताल भर्ना गरिएकोमा बिहान निधन भएको उनका जेठा छोरा पारस कार्कीले पुष्टि गरे ।
गत वैशाख १६ मा भारतको देहरादूनबाट काठमाडौं आएका उनमा ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका वडा ३, बायँटारीमा जन्मिएका उनी विविध विषयमा ज्ञाता थिए । उनले नेपाली भाषामा सहित हिन्दू र उर्दूमा पनि कविता लेखेका छन् । उनका तिनै भाषाका कविताका कृति प्रकाशित छन् ।
आफ्ना पिता इन्डियन आर्मीका कप्तान जुद्धवीर कार्कीसँगै उनी ४ वर्षको उमेरमा भारतको देहरादून गएका थिए । त्यहाँस्थित गोर्खा मिलिट्री स्कुलमा पढ्ने मौका पाएका थिए ।
वरिष्ठ फिल्म निर्देशक कार्कीको पहिलो निर्देशित फिल्म ‘भुँमरी’ हो । उनले करिब ५० बढी फिल्ममा कथा, पटकथा, संवाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखन गरेका छन् ।
पोखरामा हिमाली सांस्कृतिक परिवार जन्माउनमा उनको ठूलो योगदान छ । पछिल्लो समय ललितपुरको जावलाखेल बस्दै आएका स्व. कार्कीका श्रीमती, २ छोरा र ४ नातिनातिना छन् ।
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...