×

NMB BANK
NIC ASIA

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा

जेठ २, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् ।

Muktinath Bank

सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई सेट उपलब्ध गराइएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

रोटरी क्लब अफ दाङले लकडाउनका बेला बिरामीलाई सहजताका लागि थप पाँच अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डा चेतनारायण पाण्डेले जानकारी दिए । पाँच अटो  सञ्चालनमा ल्याएर शुरु गरिएको अटो एम्बुलेन्सलाई अहिले १० पु¥याइएको छ ।

Vianet communication
Laxmi Bank

अटो एम्बुलेन्सका साथै रोटरीमार्फत पाँचजना चिकित्सकले सामाजिक सञ्जालमार्फत कोरोनासम्बन्धी परामर्श प्रदान गरिहेका बताइएको छ । तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । तुलसीपुरमा बिरामीलाई सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गरिएको छ । 

कोरोना सङ्क्रमणदर रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण बिरामीले पछिल्लो समय सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकेपछि समयमै अस्पताल पुग्न सहजताका लागि अटोलाई  एम्बुलेन्सका रुपमा सञ्चालन गर्न थालिएको हो । 

विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान÷ल्याउन सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्स सञ्चालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिए । उनीसहित तुलसीपुरका चार युवा दीपक कुमाल, सुनिलबाबु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स सञ्चालनको अभियान शुभारम्भ गरे। 

अटो एम्बुलेन्सले तुलसीपुर आसापासका क्षेत्रमा सेवा दिने र साबिकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक कुमालले जानकारी दिए । तुलसीपुरमा अहिले तत्कालका लागि नौ अटोले बिरामीलाई एम्बुलेन्सको  सेवा प्रदान गर्ने उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x