×

NMB BANK
NIC ASIA

एमाले विवाद समाधानको प्रयास

एमाले विवाद टुंग्याउन १० सदस्यीय कार्यदल गठन

जेठ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीभित्रको विवाद समाधान गर्न नेकपा एमालेको दुवै पक्षका नेता सम्मिलित कार्यदल गठन भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतवार अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच दुवै तर्फबाट ५-५ जना सदस्य रहेको कार्यदल गठन गर्ने सहमति भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेको नेता नेपालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

छलफलपछि एमाले अध्यक्ष ओलीले पनि पार्टीको विवाद समाधानउन्मुख रहेको जानकारी दिए ।

एमाले विवाद समाधानउन्मुख भएको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘एकदम, हो’।

सिंहदरबारमा ओली र नेपालबीच झण्डै दुई घण्टा छलफल भएको थियो । 

छलफलपछि नेता नेपालले जेठ २ गतेभन्दा पहिलेको अवस्थामा फर्किने गरी बाँकी सबै कुरा टुंगो लगाउन वार्ता टोली गठन गरिएको जानकारी दिए ।

कार्यदललाई तीन दिनको समय दिन प्रस्ताव गरिएको उनले बताए । ‘मैले तीन दिनको समय दिऔ भनेको छु, अलिकति समय बढाऔं भन्ने कुरा भएको छ’ नेपालले भने । 

अध्यक्ष ओली र नेपालबीच दुवै तर्फका प्रभावशाली नेताहरुसहित शुक्रवार साझ पनि छलफल भएको थियो ।

त्यसअघि बिहीवार दुई नेताबीच तीन घण्टा छलफल भएको थियो । पछिल्लो दिनका छलफल फलदायी बन्दा एमाले विवाद कार्यदलमार्फत समाधान हने दिशामा गएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x