×

NMB BANK
NIC ASIA

सहमतितर्फ एमाले

एमालेमा मिलनबिन्दुको खोजी– त्यो जेठ २ देखि यो जेठ २ सम्म !

एमालेलाई कसरी जेठ २ मा फर्काउने भन्ने सुझाव दिने कार्यदल जेठ २ मै बन्यो

जेठ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा शुरू गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिना यता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी सहमतिउन्मुख भएको छ ।

Muktinath Bank

‘जेठ २’मा फर्किने सहमति कार्यान्वयनको खाका बनाउन आज आइतवार जेठ २ मै कार्यदल गठनको संयोग जुरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजभन्दा तीन वर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो । 


Advertisment
Nabil box
Kumari

एकताको तीन वर्ष नपुग्दै गत फागुन २३ गतेको अवस्थामा आइपुग्दा नेकपा जेट ‘क्र्यास’ भयो ।

Vianet communication
Laxmi Bank

व्यावहारिक रूपले पुस ५ र त्यो भन्दा अगाडिदेखि नै नेकपा एकता खल्बलिए पनि सर्वोच्च अदालतको आदेशले पुरानै पार्टी ब्युँताइदिएपछि नेकपा एकता औपचारिक रूपमै भंग भयो । 

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै साविकका नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेमा विवादको नयाँ शृंखला शुरू भएको हो ।

फागुन २८ मा माधव नेपाल पक्षको उपस्थिति नरहेको बैठकबाट केही निर्णय गर्दै अगाडि बढेको संस्थापन पक्षले पछाडि फर्किन नसकिने बताउँदै आएको छ । 

खासगरी नेकपाभित्र ओलीलाई कर्नरमा पारिएको समयमा साथ दिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत पूर्वमाओवादी खेमाका नेताहरूको व्यवस्थान कसरी गर्ने भन्ने विषय एमालेलाई जेठ २ गते फर्काउन तगारो बनेका थिए । 

अध्यक्ष ओली आफूलाई अप्ठ्यारो परेको समयमा साथ दिएका पूर्वमाओवादी नेतालाई पार्टीभित्र सम्मानजनक स्थान दिन खोजिरहेका छन् ।

ओली पक्षले विस्तार गरेको स्थायी कमिटीमा बादललाई वामदेव गौतम र ईश्वर पोखरलले पछिको चौथो स्थानको वरीयता दिइएको थियो । 

फागुन २८ मा संस्थापन पक्षले महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णयपछि वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले चैत्र ४ र ५ गतेका लागि कार्यकर्ता भेलाको आयोजना गर्‍यो ।

सो कार्यकर्ता भेला रोक्न अध्यक्ष ओलीले माधव नेपाल पक्षसँग चैत १ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरे ।

महासचिव ईश्वर पोखरेलले विज्ञप्ति प्रकाशित गरेर कार्यकर्ता भेला गर्नु पार्टी विभाजन गरेसरह हुने बताए ।

तर, माधव नेपाल पक्षले कार्यकर्ता भेला रोकेन । ‘पार्टीको ब्यानरमा समानान्तर भेला’ गरेको भन्दै संस्थापन पक्ष रुष्ट भयो । 

चैत १० गते बसेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) को बैठकमार्फत माधव नेपाल पक्षका ४ जना नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि स्पष्टिकरण सोधियो । चित्तबुझ्दो जवाफ नदिएको भन्दै नेपाल लगायत नेताहरू ६ महिनाका लागि निलम्बनमा परे । 

विवाद लम्बिँदै जाँदा संस्थापन पक्षले माधव नेपाल पक्षका ३० जना सांसदलाई स्पष्टिकरण सोध्यो ।

नपाल पक्षले स्पष्टीकरण दियो । विवाद समाधान नभएपछि नेपाल पक्षका सांसदहरूले राजीनामा दिने चर्चा समेत चल्यो ।

आज, भोलि भन्दै अल्टिमेटम दिएको नेपाल पक्ष ‘कुल’ भएर राजीनामा टर्‍यो । 

तर नाटकीय रूपमा भएका घटनाक्रमले एमाले विवाद फेरि समाधानउन्मुख भयो । नेपाल पक्ष पछिल्लो दिनमा भएका छलफलमा ‘जेठ २’ मै फर्किने सहमति जुटेको बताउँछन् ।

चार दिनअघि ओलीलाई विस्थापित गर्न सांसद पदबाट राजीनामा गर्नुपर्छ भनेर सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका भीम रावल नै सहमतिका लागि गठित कार्यदलमा एउटा पक्षको संयोजक बने । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतवार बसेको बैठकले दुवै पक्षका पाँच–पाँचजना रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । 

यस्तै नेपालका तर्फबाट भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । कार्यदललाई तीन दिनभित्र सहमति गर्नको लागि समय दिइएको छ । 
कार्यदलले सम्भवतः आजैदेखि काम शुरू गर्दैछ ।

‘कार्यदल गठन भएको छ, पार्टीलाई फेरि एकताबद्ध ढंगले अगाडि बढाउन हदैसम्मको कोशिश गछौं,’ कार्यदलमा माधव नेपाल पक्षका एक सदस्यले भने । 

जेठ २ गतेको अवस्थामा फर्किँदा एमाले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सहितका जनवर्गीय संगठन र जिल्ला कमिटी ब्युँतिने छन् । 

नवौं महाधिवेशनबाट अध्यक्षमा केपी ओली, उपाध्यक्षमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य विजयी भएका थिए । उपाध्यक्षमा निर्वाचित विद्यादेवी भण्डारी भने राष्ट्रपति निर्वाचित भएपछि एउटा उपाध्यक्ष पद खाली छ । 

महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए । प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव थिए। 

तर, पूर्व माओवादी पक्षबाट आएका प्रभावशाली नेताहरूलाई कता समायोजन गर्ने भन्नेमा अझ सहमति जुटेको छैन । सोही विषयमा सहमति जुटाउनका लागि कार्यदल गठन गरिएको छ । 

‘त्यो जेठ २ बाट पार्टीलाई अगाडि बढाउने कि आजको जेठ २ गतेबाट अगाडि बढाउने भनेर हामीले सुझाव दिन्छौं,’ कार्यदलका ती सदस्यले भने । स्रोतका अनुसार बादल लयायत एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूलाई सम्मानजनक हैसियत दिन नेपाल पक्ष सहमत भएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ २०७५ जेठ २ गतेकै आसपासबाट सहमति खोजिने बताउँछन् । 

‘कार्यदलले छिट्टै काम शुरू गर्छ र हामीले केही दिनमै एकताको नयाँ सन्देश दिन्छौं,’ तामाङले लोकान्तरसँग भने ।

भोलि मदन भण्डारीको स्मृति दिवसको अवसरमा गरिने कार्यक्रमबाट पनि एकताको सन्देश जाने उनले विश्वास गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x