×

NMB BANK
NIC ASIA

एनएमबि बैंकको २ अर्व बराबरको ऋणपत्र खुल्ला, प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने

जेठ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एनएमबि बैंकले ऋणपत्र (डिबेञ्चर) खुल्ला गरेको छ ।

Muktinath Bank

बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्राप्त हुने २ अर्ब बराबरको १० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र आइतवार (जेठ २ गते)देखि बिक्री गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रति कित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरूलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाख मध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको हो ।


Advertisment
Nabil box
Kumari

ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । 

Vianet communication
Laxmi Bank

अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने छ । यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र ’प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गरिने छ ।

बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकी ऋणपत्र भने सर्वसाधारणले खरिद गर्न पाउने छन् ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ ।

एनएमबि बैंकको ऋणपत्र किन किन्ने ? बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. भन्छन्, “एनएमबि बैंकको ऋणपत्र अहिले लगानीको लागि सर्वोत्कृष्ट औजार हो । हालको परिप्रेक्ष्यमा ८.५ प्रतिशत ब्याज उच्चतम हो, एनएमबि बैंक आफैं स्वस्थ, सबल र सक्षम बैंकको रुपमा आइरहेको छ । व्यवसायीक अधिकांश सूचांकमा पनि सबल छौं ।”

यस अर्थमा एनएमबि बैंकले जारी गरेको डिबेन्चर लगानी गरी ढुक्कले प्रतिफल प्राप्त गर्ने औजार भएको उनको भनाइ छ ।

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले विभिन्न कोणबाट पनि सोच्नुपर्छ । लगानीकर्तामा एनएमबि बैंक ऋणपत्रभन्दा राम्रो विकल्प आयो भने यो बेच्न सकिन्छ । वा, डिबेन्चरलाई धितो राखेर ऋण लिन पनि सकिन्छ ।

विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिबेञ्चर विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनुको साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x