फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
जेठ ३, २०७८
दुई साताअघि पूर्व नवलपरासीको देवचुली नगरपालिकाका एक कोरोना संक्रमितले एम्बुलेन्स नपाएपछि ट्याक्टरमा अस्पताल लैजाँदै गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो ।
त्यो भिडियो देखेपछि पाल्पाका व्यवसायी यादवसिंह कार्कीको मन धुरूक्कै रोयो । ओहो ! मान्छेमा मानवता हराएछ, बिरामी अस्पताल जान नपाएर छट्पटाउँदा समेत कसैले नछुने । त्यसपछि उनको मनमा सेवाको भाव जागृत भयो ।
यस्तो अप्ठ्यारो बेलामा संकटमा परेकालाई सहयोग नगरे कहिले गर्ने भनेर उनले सामाजिक सञ्जालमा लेखे– ‘कोही पनि कोरोना पोजेटिभ देखिएकाले अस्पतालमा जानका लागि एम्बुलेन्स र गाडी पाउनुभएन भने म सेवा गर्न तयार छु ।’
भोलिपल्ट बिहानै कार्कीलाई तानसेन नगरपालिका– २ का क्षितिज नेपालले एम्बुलेन्स पाइएन दाजुलाई अस्पताल लैजान पर्यो भनेर फोन गरे ।
कार्की तुरून्त घरबाट गाडी लिएर निस्किए । उनलाई अस्पताल पुर्याए । पीसीआर जाँच गराएर ल्याए ।
‘हजुर यादवजी हो ? मेरो बिरामी कोरोना पोजेटिभ हो कुनै गाडीले जान मान्दैनन् । एम्बुलेन्स पनि पाइएन, ‘प्लिज सहयोग गरिदिनुपर्यो’ भनेर बिहानदेखि राति १० बजेसम्म अहिले दैनिक रूपमा कार्कीलाई फोन आउँछन् । उनी तुरून्तै जान्छन् ।
सेवा नै धर्म मान्ने कार्कीले कोही पनि बिरामी अस्पतालसम्म जान र आउनबाट वञ्चित हुन नपरोस् भनेर संक्रमणको प्रवाह नगरी सेवामा लागेको बताउँछन् । उनले बिरामीलाई बुटवलसम्म ल्याउनेसम्म गरेका छन् ।
उनले २६ जना संक्रमितलाई आफ्नै गाडीमा निःशुल्क अस्पताल पुर्याउनेदेखि निको भएकाहरूलाई घर ल्याउने काम गरिसकेका छन् ।
‘आज समस्या अरूलाई परेको छ । भोलि आफैँलाई नहोला भन्न सकिन्न । बिरामीलाई गाडीमा हाल्न कोही पनि तयार नहुने ठाउँमा म तयार छु,’ कार्कीले भने । उनले पीपीई लगाएर बिरामी बोक्छन् । अहिलेसम्म उनी संक्रमणबाट जोगिएका छन् ।
****
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ अञ्चलपुरका मंगल भण्डारीले छिमेकी बिरामी भएर एम्बुुलेन्स बोलाउँदा कोही आएनन् । घरका बुवाआमाले छिमेकीको घरमा जान रोक्न खोज्दा पनि मंगल रोकिएनन् ।
उनले आफ्नै गाडीमा बिरामीलाई राखेर अस्पताल पुुर्याए ।
बुवाआमालाई सम्झाएर उनले गत वर्ष पनि १५० बिरामीलाई आफ्नै गाडीमा अस्पताल पुुर्याएर सेवा गरे ।
आफ्नो निजी गाडीलाई एम्बुुलेन्स बनाएर बिरामीको सेवामा प्रयोग गरेका छन् ।
अहिले कोरोनाको दोस्रो लहर शुुरू भएपछि पनि दैनिक ५/७ जनालाई आफ्नै गाडीमा अस्पताल पुुर्याउँदै आएको छुु,’ मंगलले भने, ‘एम्बुुलेन्स नपाएका र आर्थिक अवस्था कमजोर भएकालाई गाडीमा अक्सिजन जडान गरेर अस्पताल पुुर्याउँछुु । सकेसम्म बेड पनि व्यवस्था गर्ने गरेको छुु । अप्ठ्यारो बेलामै हो नि मानिसलाई साथ सहयोग आवश्यक पर्ने ।’
उद्यमी मंगलले अहिले आफ्नो उद्योगमा रहेका ६० वटा अक्सिजन सिलिन्डर भीम अस्पताललाई सहयोग गरेका छन् । बिहान उठ्नेबित्तिकै संक्रमितको फोन आउँछ, जसले बोलाउँछ, त्यहाँ पुग्छन् । बिरामीको आत्मबल बढाउन ढाडस पनि दिन्छन् ।
‘मैले एक वर्षदेखि नै निःशुल्क कोभिड संक्रमितलाई अस्पताल लैजाने काम गरेको छु, पछिल्लो महामारी यता धेरैले एम्बुलेन्स नपाएर मलाई अस्पताल पुर्याइदिन पर्यो भनेर फोन गर्नुहुन्छ । अनि म संक्रमितलाई गाडीमा राखेर अस्पताल लैजान्छु ।’ तर, अहिलेसम्म उनी संंक्रमित भएका छैनन् । ‘सबैको साथ र सहयोगले नै महामारीलाई न्यूनीकरणमा सहयोग पुुग्ने हो,’ उनले भने ।
****
रुपन्देहीको भैरहवाका धर्मवीर शर्मालाई अहिले प्रत्येक दिन भ्याइनभ्याइ छ । शर्मा निमुखाको सेवाका लागि खाद्यान्न सहयोग अभियानमा जुटेका छन् । खाद्यान्न व्यापारी शर्माले अहिले कोरोना महामारीले दैनिक हात मुख जोर्न नपाएका परिवारलाई घरघरमै आफ्नै गाडीमा खाद्यान्न पुुर्याउँछन् ।
सिद्धार्थनगर–४ का शर्माले अहिले दैनिक २० जनाभन्दा बढीलाई खाद्यान्न घरघरमै लगिदिन्छन् । उनको खाद्यान्न प्याकेजमा १० केजी चामल, दुुई केजी दाल, ५ केजी आँटा, एक केजी मस्यौरा, १ लिटर तेल र २ केजी नुुन छ ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघमा समेत आवद्ध शर्माले ‘परिवारको वस्तुुस्थिति बुुझेर मात्र खाद्यान्न सहयोग गर्दै आएको बताए ।
‘जागिरेलाई मैले दिन्न । दिनभरी मजदुुरी गरेर साँझ त्यही पैसाले हातमुुख जोह गर्ने परिवारलाई खाद्यान्न दिने गरेको छुु ,’ उनले भने ।
‘अभावको पीडा मलाई राम्रोसँग थाहा छ,’ शर्माले थपे, ‘अहिले मलाई दैनिक २० जनाभन्दा बढीले अफ्टयारोमा परेँ भनेर फोन गर्छन् । घरमै गाडीमा खाद्यान्न लगेर जान्छु । वास्तविक समस्या परेको हो कि होइन ? भनेर छिमेकीलाई पनि सोधपुुछ गर्छुु । अप्ठ्यारोमा परेकालाई खाद्यान्न दिएर आउँछु ।’
अझै स्वास्थ्य सावधानीका सामग्री, मास्क स्यानिटाइजर, ग्लोब्स समेत आवश्यकता अनुसार दिने गरेको उनले बताए ।
‘संकटमा कोही भोकभोकै मर्ने, कसैले सम्पत्ति जम्मा गर्ने यो नेपालीको बानी होइन,’ उनले भने ।
अप्ठ्यारोमा परेकाहरूलाई अहिले साथ र सहयोग आवश्यक छ । कोरोना भाइरस सुनामीको रूपमा बढेपछि अहिले अस्पतालहरूमा बिरामी राख्ने ठाउँ छैन ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...