×

Dabur
MG

टोखालाई अक्सिजन कन्सन्ट्रेटर मशिन सहयोग

जेठ ४, २०७८

NTC
Marvel
प्रतिकात्मक तस्वीर
IME BANK INNEWS
Premier Steels

काठमाडौंको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मशिन सहयोग गरिएको छ ।

yONNEX
Sagarmatha Cement

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआईसी एशिया बैंकले ३ थान अक्सिजन कन्सन्ट्रेटर मशिन सहयोग गरेको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सोमवार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ती सामग्री हस्तान्तरण गरे । कार्यक्रममा न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको जानकारी दिए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

नगरपालिकाका प्रमुख अधिकारीले नगरपालिकालाई प्राप्त भएको मशिन सोमवारै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

मशिन सहयोगसँगै टोखामा अक्सिजन उत्पादनका लागि थोरै भए पनि सहयोग पुग्ने भएको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखेर नगरपालिकाले स्वास्थ्य सामग्री संकलन र अक्सिजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ ।

स्वास्थ्य केन्द्रका लागि केही दिन पहिले सेभ द चिल्डेन संस्थाले ६ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सामग्री उपप्रमुख ज्ञानमाया डङ्गोलमार्फत अस्पताललाई सहयोग गरेको हो ।

टोखामा हाल ५ हजार ६९५ कोरोना संक्रमित देखिएका छन् । तीमध्ये ९०५ सक्रिय संक्रमित रहेको सो नगरपालिकाले जनाएको छ । टोखाले हालसम्म ६ हजार ७४५ पीसीआर परीक्षण र १ हजार १९७ एन्टिजेन परीक्षण गरिसकेको छ ।

टोखामा हालसम्म कोरोनाका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  प्रहरीका अनुस...

असोज १३, २०८०

चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि  म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...

असोज १३, २०८०

पानीको बहाव घटेपछि बागलुङ खण्डमा देखिएको कालीगण्डकी नदी । तस्वीर : डम्मर बुढामगर/रासस

असोज १३, २०८०

लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनमा लगाइएको तेहरो कर खारेजीको माग गर्दै सामुदायिक वनका उपभोक्ताहरु विरोधमा उत्रिएका छन् ।  शनिवार सामुदायिक वन महासंघ, रुपन्देहीले बुटवलमा विरोध र्‍याली ...

असोज १२, २०८०

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल जित नजिक पुगेका छन् । कुल ११३५ मतमध्ये ८५० मत गणना हुँदा उनले फराकिलो अग्रता बनाएका हुन् ।  पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार ढुङ्गेल...

असोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने बताएका छन् ।  २ साताको विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x