कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् ।
स्रोतका अनुसार उनले दिउँसोसम्म केही पुरानै मन्त्रीहरू दोहोर्याएर सानो आकारको भए पनि मन्त्रिमण्डल विस्तार गर्दैछन् ।
गुरुङ सरकारको दोस्रो कार्यकालमा मन्त्री दोहोरिनेमा सम्भवतः आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङ्गे’ छन् ।
असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता प्रदेश सरकारलाई भएकाले उनले सानै आकारको भए पनि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । बजेटको १५ दिनअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अविश्वासको प्रस्तावमा वैशाख २७ गते मत विभाजन हुनु १ दिनअघि पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङ प्रदेश सभामा ठूलो दलको हैसियतले वैशाख ३० गते पुनः मुख्यमन्त्री दोहोरिएका थिए ।
जेठ ३० दिनभित्र प्रदेश सभामा उनले विश्वासको मत लिनुपर्छ । त्यसको लागि कूल ६० सदस्यमा बहुमतका लागि आवश्यक ३१ सदस्यको समर्थन चाहिन्छ । उनको पार्टी नेकपा एमालेसँग अहिले २७ जना मात्र सांसद छन् । स्वतन्त्र सांसद मनाङ्गेको साथ हुँदा २८ भए पनि आवश्यक ३ सदस्यको लागि विपक्षी कुनै पार्टीलाई फकाउनुपर्छ ।
सरकारमा आए राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) र जनता समाजवादी पार्टी (जसपा) लाई मुख्यमन्त्रीले रोजेर मन्त्रालय दिने पक्षमा छन् । प्रदेश सभामा विपक्षी कांग्रेसका १५, माओवादी केन्द्रमा सभामुखसहित १२, राजमो ३, जसपा २ सदस्य र स्वतन्त्र १ सदस्य छन् ।
मुख्यमन्त्री गुरुङ कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका छन् ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...