×

Nic Asia
Dabur
Prabhu Bank

बजेट अधिवेशन अझै अन्योलमा

काठमाडाैं | जेठ ६, २०७८

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसद्बाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन ।

yONNEX
Frooti
Appy

बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान नहुँदा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यस बेला संसद्मा बजेट अधिवेशन चलिरहनुपर्ने थियो । तर, अल्पमतको सरकार भएकाले आप्mना वार्षिक कार्यक्रम पास नहुने डरले अधिवेशन डाक्न चासो नदेखाउँदा आगामी बजेट प्रक्रिया अन्योलमा परेको हो ।

बजेट अधिवेशन नबोलाइएपछि विभिन्न संशय उत्पन्न भइरहेका बेला संसदीय प्रक्रिया छाडेर गलत बाटोबाट बजेट ल्याउन नहुने पूर्वअर्थमन्त्री एवं अर्थविद्हरूले बताएका छन् ।


Advertisment
Lokantar App
Saurya island

संसद् जीवित हुँदाहुँदै सरकारले अध्यादेशबाट बजेट ल्याउन नमिल्ने भएकाले सरकारले छिटो राजनीतिक समझदारी जुटाएर अघि बढ्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ । सत्तारूढ दल नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे संसद् जीवितै रहेकाले सरकारले नियमित प्रक्रियाबाटै बजेट ल्याउनुपर्ने बताउँछन् ।

उनका अनुसार संसद् रहेको अवस्थामा अध्यादेशमार्फत बजेट आउने सम्भावना छँदै छैन । ‘सरकारसँग आप्mनो बहुमत छैन, यसै कारण नीति तथा कार्यक्रम, बजेट पनि पारित नहुने खतरा छ, दलहरूबीच छलफल गरेर समयमै नियमित प्रक्रियाबाट बजेट ल्याइनुपर्छ,’ अभियानसँगको कुराकानीमा उनले उनले भने । प्रधानमन्त्रीले बजेटअघि नै विश्वासको मत लिए बजेट पास हुने नहुनेबारे स्पष्ट हुने पाण्डेको भनाइ छ ।

JYOTI
Vianet communication

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउँछन् । महतका अनुसार सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन मिल्दैन, वार्षिक बजेट सरकारले ल्याउने नै हो भने त्यसअघि विश्वासको मत प्राप्त गरेको हुनुपर्छ ।

विश्वासको मत नलिई बजेट पेश गर्नुपर्ने अवस्थामा सरकारले कामचलाउ बजेट ल्याउनुपर्ने उनी बताउँछन् । त्यस्तो अवस्थामा ल्याइने बजेटमा सरकारले राजस्वसम्बन्धी, करका दर, चालू कार्यक्रमहरूलाई निरन्तरता मात्रै दिन पाउने उनको भनाइ छ ।

विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै अन्य राजनीतिक पार्टीहरूसँग पनि छलफल गरेर सरकारले त्यस्तो खालको बजेट ल्याउन सक्ने उनको भनाइ छ ।

अर्थविद् विश्वम्भर प्याकुरेलका अनुसार संवैधानिक व्यवस्थाहरू पूरा गरेर जेठ १५ मा बजेट ल्याउन नसक्ने अवस्था छ ।

‘आगामी बजेट कामचलाउ आउनुपर्छ । काम चलाउ बजेटमा कोभिडसँग जुध्नेदेखि चालू आयोजनाको पुनः प्राथमिकीकरण गरेर रकम विनियोजन गरिनुपर्छ,’ उनले भने ।

उनका अनुसार कुल वार्षिक बजेटको केही अंश स्थानीय अर्थतन्त्र बलियो पार्नेगरी सरकारले कार्यान्वयनमुखी कामचलाउ बजेट ल्याउनुपर्छ । मुलुकमा गरीबी चरम बढेको र नागरिकको जीवन रक्षा चुनौतीपूर्ण बनेको भन्दै अर्थविद् प्याकुरेल सरकारको बजेटले यी विषयलाई विशेष सम्बोधन गर्नुपर्ने बताउँछन् । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ३, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पव्रmाउ परेपछि पार्टीभित्र दुई धारको बहस सुरु भएको छ ।  अर्थमन्त्रीसमेत  रहेका  कांग्रेस  प्रवक्त...

बैशाख ३१, २०८०

 संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीअनुसार कार्यान्वयनको चरणमा रहेको प्रादेशिक संरचना खारेजीको बहस शुरू भएको छ । शिशु अवस्थामै रहेको संघीय प्रणालीअन्तर्गत प्रादेशिक संरचना खारेज गर्नुपर्ने प्रस्ताव...

जेठ १२, २०८०

सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपांग्रे सबारी चालकका हकमा सावधानीसाथ स...

जेठ १२, २०८०

 चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताएका छन्।  आयोग गठन भएदेखि विरोधमा उत्रिएका निजी मेडिकल कलेजले श...

जेठ २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६ जनाले सम्...

जेठ ४, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् । कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन्  ।  बितेको एक वर्षमा सरकारका १४ वटा ...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

ad
x