२६ जेठ २०८३, मंगलबार

प्रहरीको गोली लागि मृत्यु भएका राजभरको परिवारलाई ५० लाख राहत उपलब्ध गराउन सीके राउतको माग

प्रहरीको गोली लागि मृत्यु भएका राजभरको परिवारलाई ५० लाख राहत उपलब्ध गराउन सीके राउतको माग

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रहरीको गोली लागि मृत्यु भएका युवकको दोषीमाथि कडा कारबाहीको माग गरेको छ । 

बुधवार प्रहरी र स्थानीयबीचको झडपमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । 

राउतले बिहीवार एक विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई परिवारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

राउतले विज्ञप्तिमा भनेका छन्, अविनाश राजभरलाई नेपालका सशस्त्र प्रहरीले सीधै गोली हानेर गरेको नश्लीय हत्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सोको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा मृतकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउन जनमत पार्टी माग गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्