२६ जेठ २०८३, मंगलबार

चीनको प्रयोगशालाबाट भाइरस चुहिएको हुन सक्ने अमेरिकी स्वास्थ्य अधिकारीको स्वीकारोक्ति

जेठ ६, २०७८
चीनको प्रयोगशालाबाट भाइरस चुहिएको हुन सक्ने अमेरिकी स्वास्थ्य अधिकारीको स्वीकारोक्ति

कोभिड–१९ गराउने भाइरस चीनको वुहानमा रहेको प्रयोगशालाबाट चुहिएको हुन सक्ने अमेरिकाकी एक स्वास्थ्य अधिकारीले बुधवार स्वीकार गरेकी छन् । 

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका रिपब्लिकन सांसदहरूले पनि भाइरस वुहानको प्रयोगशालाबाट शुरू भएको हुन सक्ने परिस्थितिजन्य प्रमाण रहेको दाबी गर्दै प्रतिवेदन प्रकाशन गरेका छन् । 

चीनमा भूलवश भाइरस चुहिएको हुन सक्ने भनी गरिएका अनुमानलाई अमेरिकी सरकारले निरुत्साहित गर्न खोजेको छ । तर बेइजिङलाई थप पारदर्शी हसन पनि उसले भनेको छ । 

बाइडन प्रशासनका आलोचकहरूले पूर्ण सत्य सरकारले नबताएको आरोप लगाइरहेका छन् । अनि चीन रिसाउला भनी यस विषयलाई जोडतोडका साथ नउठाएको पनि उनीहरूको भनाइ छ । 

अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी) की निर्देशक डा रोशेल वालेन्स्की बुधवार संसदमा अर्को वर्षका लागि बजेटको सुनुवाइका क्रममा सिनेटमा उपस्थित भएकी थिइन् । 

उनलाई लुइजियानाका सिनेटर जोन केनेडीले महामारी कसरी आरम्भ भयो भनी सोधेका थिए । 

प्रयोगशालाबाट उत्पत्ति भएको हुन सकने एउटा सम्भावना हो, वालेन्स्कीले बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्