२६ जेठ २०८३, मंगलबार

सडक खन्दा किसानहरु सिचाइँबाट बञ्चित

कात्तिक २०, २०७४
सडक खन्दा किसानहरु सिचाइँबाट बञ्चित

बागलुङ, १८ जेठ– कालीगण्डकी करिडोर निर्माणका क्रममा दुई वर्षअघि क्षति पुगेको सिँचाइ आयोजना अझै बन्न सकेको छैन ।

सिँचाइ अभावले बागलुङ नगरपालिका–१४ नारायणस्थान, कैयाका किसान खेती गर्नबाट वञ्चित भएका छन् । सडक खन्दा तीनवटा कुलो पुरिएको कैया–धापाखोला सिँचाइ आयोजना, उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । सिँचाइ अभावका कारण यहाँ करिब ३०० रोपनी खेत बाँझो छ ।

किसानले गत वर्ष यहाँ ५० प्रतिशत जमिनमा मात्र रोपाइँ गर्न पाएका थिए । मर्मतपछि एउटा कुलोमा पानी सुचारु भए पनि बाँकी दुईवटा कुलोको अझै मर्मत सम्भार हुन नसकेको समितिका अध्यक्ष थापाले बताए ।

छसय मिटर लामो कुलोमा क्षति पुगेको छ । सिँचाइको अभावका कारण यहाँका किसानले धानको बीउ राख्न पाएका छैनन् । गत वर्ष सो आयोजनालाई रु ५० लाख बजेट विनियोजन भए पनि ‘फ्रिज’ भएको उपभोक्ता समितिका सचिव काशीराम शर्माले बताए ।

गत वर्ष सिँचाइ असुविधाका कारण उत्पादनमा समेत ह्रास आएको किसान बताउँछन् । गत वर्ष धान उत्पादन करिब ७० प्रतिशतले घटेको थियो । दुई सय ५० घरपरिवार रहेको कैया खाद्यन्न र तरकारी बालीका लागि उर्बर क्षेत्र मानिन्छ ।

करिडोर निर्माण कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले सडक खन्दा खसेको पहिरो छिट्टै हटाइने बताए । करिडोर आयोजनाले सामान्य मर्मत गरे पनि दीर्घकालीन व्यवस्थापनको लागि स्थानीयले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्