२७ जेठ २०८३, बुधबार

कुनै प्रतिक्रिया नदिई बूढानीलकण्ठबाट बाहिरिए माधव नेपाल

कुनै प्रतिक्रिया नदिई बूढानीलकण्ठबाट बाहिरिए माधव नेपाल

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर नेकपा एमालेका नेता माधवकुमार नेपाल बाहिरिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको सर्वदलीय बैठकमा सहभागी भएर नेपाल बाहिरिएका हुन् ।

बाहिरिने क्रममा नेता नेपालले कुनै प्रतिक्रिया दिएनन् । माधव पक्षका केही सांसद सिंहदरबारमा भेला भएका छन् । 

राष्ट्रपतिको कदम रोक्न भन्दै कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार सकिँदैछ ।

शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आउन प्रतिनिधि सभाका सदस्यलाई आग्रह गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्