२६ जेठ २०८३, मंगलबार

माधव नेपाल पक्षका सांसद समेतको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गर्ने विपक्षी गठनबन्धनको तयारी

माधव नेपाल पक्षका सांसद समेतको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गर्ने विपक्षी गठनबन्धनको तयारी

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले नेकपा एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेको छ ।

ती दलका शीर्ष नेताले कांग्रेस संसदीय दलको कार्यालयमा छलफल गरेका छन् ।

संसदीय दलको कार्यालयमा शीर्ष नेताको बैठक चलिरहेको समयका संसद् सचिवालयको अर्को हलमा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले हस्ताक्षर गरिरहेका छन् ।

विपक्षी गठबन्धनले आफूहरूसँग बहुमत सांसदको हस्ताक्षर रहेको दाबी गरेका छन् । तर उनीहरूले कसलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्ने कुरा केही खुलाएका छैनन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार सकिँदैछ ।

शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्