स्वीट्जरल्याण्ड सरकारले पठाएको ९४ करोडको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

स्वीट्जरल्याण्ड सरकारले पठाएको ९४ करोडको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

स्वीट्जरल्याण्डले नेपाललाई कोरोना संकटविरुद्ध लड्न ९४ करोड रुपैंयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वीस सरकारले सहयोग गरेका सामान लिएर कार्गो विमान काठमाडौं आइपुगेको छ ।


Advertisement

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिन् । कुल ३० टन स्वास्थ्य सामग्री लिएर विमान नेपाल आएको थियो ।


Advertisement

स्वीस सरकारले गरेको सहयोगमा ४० भेन्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख र्याोपीड एन्टिजेन टेष्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट छन् । स्वीटजरल्याण्ड कोभिड १९ विरुद्धको लडाईंमा नेपाल र नेपालीहरुसँग साथै रहेको राजदूत क्यापेलले बताइन् ।

हाल पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालमा स्वीटजरल्याण्डले अप्रिल २०२० मा शुरु गरेको कोभिड–१९ विरुद्धको वृहत्तर सम्वोधनको एक भाग भएको स्वीस दूतावासले बताएको छ । यस अन्तर्गत ७० हजार रोच पीसीआर किट र दुई वटा पीसीआर उपकरण हस्तान्तरण भइसकेका छन् ।


Advertisement

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्