![उपेन्द्र पक्षले गरेका निर्णय महन्थले नमान्ने, निर्वाचन आयोगलाई समेत पत्राचार [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/Upendra_Mahantha_WQW8EEPhdj.png)
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले अर्को पक्षको मात्र उपस्थितिमा बसेको कार्यकारिणी समितिका निर्णयहरू आफूहरूलाई मान्य नहुने बताएको छ ।
अध्यक्ष महन्थ ठाकुरले कोरोनाको महामारीका कारण स्थगित गरिएको बैठक गोप्य स्थानमा बसी गरेको भनिएका निर्णयहरू आफूहरूलाई मान्य नहुने उल्लेख गरेका हुन् ।
यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसअघि जसपाको बहुमत पक्षको बैठक बसेर अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको दाबी उपेन्द्र यादव पक्षले गरेको थियो ।
हेर्नुहोस्, विज्ञप्ति :
