२६ जेठ २०८३, मंगलबार

देउवालाई स्पष्ट बहुमत, यस्तो छ अंकगणीत

कात्तिक २०, २०७४
देउवालाई स्पष्ट बहुमत, यस्तो छ अंकगणीत
काठमाडौँ, १९ जेठ- राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकारका लागि दिएको समय सीमा सकिएसगै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न गृहकार्य सुरु भएको छ, कान्तिपुरमा खबर छ ।sher bahadur

माओवादी केन्द्रसग पुर्वसहमतिअनुसार अब प्रधानमन्त्री उम्मेदवारका रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका छन् । संसदमा ५९३ सदस्य संख्या हाल रहेकामा देउवाको पक्षमा बहुमत पुग्ने देखिन्छ । देउवाको उम्मेदवारी हालसम्म घोषणा भने भइसकेको छैन ।

देउवासग कांग्रेसको २०७, माओवादीको ८२, लोकतान्त्रिक फोरमको १७ मात्रै प्राप्त भए पनि ३०६ पुग्छ । बहुमतका लागि २ सय ९७ सांसदको मत प्राप्त गर्नु पर्याप्त हुन्छ । ३७ सिट रहेको राप्रपाले हालसम्म मुख खोलेको छैन ।

यसअघिका दुई प्धानमन्त्री चुनावमा कांग्रेसले अघि सारेका उम्मेदवारलाई सघाउदै आएको राजपाले भने ‘पर्ख र हेर’ को नीति लिने भएको छ । राजपा नेता महन्थ ठाकुरले अहिलेसम्म देउवा उम्मेदवारका रुपमा खडा नै भइनसकेको ठट्टा गर्दै त्यसबारेमा कुरा भइनसकेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्