२६ जेठ २०८३, मंगलबार

मालीमा सैन्य कू, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी

जेठ ११, २०७८
मालीमा सैन्य कू, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी

अफ्रिकी मुलुक मालीको अन्तरिम सरकारलाई अपदस्थ गर्दै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्दी बनाएको संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले जनाएका छन् । 

नौ महिनाअघि मात्र सेनाले कू गरेर पहिलेका राष्ट्रप्रमुखलाई हटाएकोमा पुनः कू गरिएको छ । 

सोमवार एक संयुक्त विज्ञप्ति जारी गर्दै यी विश्वव्यापी निकायहरूले राष्ट्रपति बाह न्दाव र प्रधानमन्त्री मोक्तार औएनको तत्काल तथा निःशर्त रिहाइको माग गरेका छन् । जबर्जस्ती राजीनामा दिन लगाउने कुनै पनि बाध्यकारी कार्यलाई अन्तर्राष्ट्रिय समुदायले ठाडै नकार्ने पनि उनीहरूले जनाएका छन् । 

राष्ट्रपति, प्रधानमन्त्रीका साथै रक्षामन्त्री सुलेमान डूकोरलाई राजधानी बामाको बाहिर रहेको काती सैन्य अड्डामा राखिएको रोयटर्स र एएफपी समाचार संस्थाले खबर दिएका छन् । 

एएफपीले औएनलाई फोनमा सम्पर्क गर्न पाएको थियो तर सैनिकहरूले तत्कालै लाइन काटिदिएका थिए । 

सरकारले मन्त्रिपरिषदमा फेरबदल गर्दै गत अगस्ट महिनामा गरिएको कूमा संलग्न दुई सैनिकलाई मन्त्री नबनाएपछि सेनाले शीर्ष पदस्थहरूलाई बन्दी बनाएको हो । 

न्दाव पूर्वसैनिक हुन् र उनी तथा औएनलाई गत वर्ष सेप्टेम्बर महिनामा मालीका जनरलहरूले क्षेत्रीय नाकाबन्दी लाग्ला भन्ने डरका कारण शासन सुम्पेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्