२७ जेठ २०८३, बुधबार

बंगालको खाडीबाट धेरै शक्तिशाली चक्रवातको असर नेपाल पुग्दै, सतर्कता अपनाउन अनुरोध

बंगालको खाडीबाट धेरै शक्तिशाली चक्रवातको असर नेपाल पुग्दै, सतर्कता अपनाउन अनुरोध
प्रतिकात्मक तस्वीर

हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तरपश्चिम सर्दै केही दिनमा नेपाल पुग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

नेपाली भूभागमा समेत शक्तिशाली चक्रवातको असर देखिने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले मंगलवार विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, ‘हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तरपश्चिम सर्ने क्रममा मंगलवार बेलुका सम्ममा (जेठ ११) धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ । चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

चक्रवातका कारण प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ । ‘प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ,’ बुलेटिनमा उल्लेख छ ।

बुधवार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । ‘प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ,’ बुलेटिनमा उल्लेख छ ।

बिहीवार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने समेत जनाइएको छ । ‘प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ,’ बुलेटिनमा उल्लेख छ ।

शुक्रवार र शनिवार समेत चक्रवातको असर रहने महाशाखाले जनाएको छ । ‘यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ, ‘उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा तथा उच्च बेगको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकाले मंगलवारदेखि केही दिनसम्मका लागि पर्वतारोहण नगर्नु र नगराउनुहुन अनुरोध छ ।’

salt training

कमेन्ट गर्नुहोस्