×

NMB BANK
NIC ASIA

बुद्ध जयन्ती विशेष

[कविता] क्रान्तिकारी बुद्ध

जेठ १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel
  • डा. राम कृष्ण तिमल्सेना

आज मेरो देशलाई,
नयाँ बुद्ध चाहिएको छ ।
क्रान्तिकारी बुद्ध चाहिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राजपाठ बिर्सने,
श्रीमती र छोरा छाड्ने होइन,
देश छाडेर बिदेश जाने पनि होइन,
देशको माटोको टिको लगाएको,
राष्ट्रियता ओढेर,
ओंकारभित्र पौडी खेल्न जान्ने,
मन्त्र मुग्ध,
नेपालभित्र नै बुद्धत्व प्राप्त गर्न सकिन्छ
भन्ने विश्वास बोकेको,
नयाँ बुद्ध चाहिएको छ ।
क्रान्तिकारी बुद्ध चाहिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली भाषामा ओममणि पद्मेको,
झन्कार निकाल्न सक्ने,
बोलीमा सत्यता भएको,
वचनमा शुद्धता बोकेको,
झूटो आश्वासन रहित,
आगो ओकल्न सक्ने,
पानी पेलेर ऊर्जा निकाल्ने क्षमता बोकेको,
नयाँ बुद्ध चाहिएको छ
क्रान्तिकारी बुद्ध चाहिएको छ ।


Advertisment
Nabil box
Kumari

सबै राष्ट्रिय भाषा बुझ्ने,
अंग्रेजी र संस्कृत थाह पाएको,
गौरीशंकर हिमाललाई ,
कैलाशको रुपमा देख्ने र पुज्ने,
पशुपतिभक्त,
महाकालीको स्वरूप,
सरस्वती पुत्र,
लक्ष्मीपति,
नयाँ बुद्ध चाहिएको छ
क्रान्तिकारी बुद्ध चाहिएको छ ।

Vianet communication
Laxmi Bank

नयाँ नेपालको मार्गचित्र कोर्न सक्ने,
उत्तर र दक्षिणको महत्त्व बुझे पनि,
पूर्व र पश्चिमको अर्थ लगाउन सक्ने,
राष्ट्रियताको केन्द्रमा रमाउने,
बुद्ध चाहिएको छ ।
क्रान्तिकारी बुद्ध चाहिएको छ ।

आकाश र पातालको केन्द्र थाहा पाएको
ठूलो ताल बीचमा
नयाँ कमलको फूल जस्तो,
सधैं फुली रहने,
राष्ट्रिय झण्डा बोकेको,
मन वचन र कर्मले
देशको सेवा गर्न तत्पर,
सगरमाथाको टोपी लगाएको,
नयाँ बुद्ध चाहिएको छ ।
क्रान्तिकारी बुद्ध चाहिएको छ ।

यो देशलाई आज, फेरि पनि,
जनक र जानकीको,
महत्त्व बुझेको,
जानकीलाई वनमा पठाउने होइन
आफूसँगै राखेर राज्य गर्ने,
राजपाठ सम्हाल्ने,
जनतालाई जनार्दन देख्ने,
नयाँ बुद्ध चाहिएको छ
क्रान्तिकारी बुद्ध चाहिएको छ ।

अल्पकालीन स्वप्नमा रमाउने होइन
दीर्घकालीन सोच बोकेको
आत्माको आवाज बुझ्ने
स्वस्थ र समृद्ध मात्र होइन
स्वतन्त्र र समावेशी बुद्ध चाहिएको छ
ओमकार खुलेको
क्रान्तिकारी बुद्ध चाहिएको छ
नयाँ बुद्ध चाहिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x