२७ जेठ २०८३, बुधबार

कुकुर बचाउन भालुलाई धक्का दिइन् यी साहसी किशोरीले (भिडियो)

जेठ १९, २०७८
कुकुर बचाउन भालुलाई धक्का दिइन् यी साहसी किशोरीले (भिडियो)

अमेरिकाको क्यालिफोर्नियामा एक किशोरीले आफ्नो घरमा रहेका कुकुरहरूलाई बचाउनका लागि त्यहाँ आइपुगेको भालुलाई धक्का दिएर लडाएको भिडियो टिकटकमा भाइरल भएको छ । 
 

ब्राडफोर्डमा रहेको घरको पर्खालमा भालु आफ्ना सन्तान लिएर आइपुगेको थियो । घरेलु कुकुरहरूले उसलाई त्यहाँबाट भगाउन खोजेका थिए । 

भालुले एउटा कुकुरतर्फ पञ्जा प्रहार गरेपछि १७ वर्षीया हेली मोरिनिको कुकुरलाई उद्धार गर्न बाहिर दौडेकी थिइन् । 

उनी कालो भालु नजिक पुगेर त्यसलाई धक्का दिँदै पर्खालबाट लडाउन सफल भएकी थिइन् अनि कुकुरहरूलाई लिएर भित्रतिर दौडेकी थिइन् । 

भालुलाई धक्का दिँदा उनको औंला दुखेको छ र घुँडा दर्फराएको छ । 

‘मैले भालुलाई बेस्सरी धक्का दिएको जस्तो लाग्दैन । उसको सन्तुलन बिग्रने गरी मात्र धक्का दिएकी हुँ,’ उनले पछि बताइन् । 
 

हेलीकी आमा सितलालीले यो आफ्नो जीवनको सबभन्दा तर्साउने क्षण रहेको बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्