अमेरिकाको डेन्भरमा रहेको चिडियाखानामा एक गैंडाले पियानो बजाएर १२औं जन्मदिन मनाएको छ ।
उसले माथिल्लो ओठ चलाएर पियानो बजाएको हो ।
बन्धु नाम राखिएको एकसिंगे गैंडालाई कीबोर्ड पियानो बजाउन खुबै रुचि लाग्छ । उसको मनोरञ्जनका लागि चिडियाखानाले पियानो उपलब्ध गराएको हो ।
भिडियोमा बन्धुका लागि एकजना केयरटेकरले पियानो बोकेको अनि उसले ओठ चलाएर बजाएको देखिन्छ ।