२६ जेठ २०८३, मंगलबार

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको पेशी न्यायाधीश खतिवडाको इजलासमा

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको पेशी न्यायाधीश खतिवडाको इजलासमा

प्रतिनिधि सभा विघटनपछि कामचलाउको हैसियतमा पुगेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । 

मंगलवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको छ । 

कामचलाउ हैसियतमा पुगेको चुनावी सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत हुने भन्दै बदरको मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले पछिल्लो पटक गरिएको मन्त्रिपरिषद् विस्तार बदरको माग गरेका छन् ।

 जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका ८ तथा एमालेका २ जना गरी १० जना मन्त्रीलाई शपथ गराएर मन्त्रिपरिषद् विस्तार गरिएको थियो । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बाँकी रहेका ८ मध्ये गृह, सञ्चार तथा सूचना प्रविधि लगायतका मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् ।   
 

salt training

कमेन्ट गर्नुहोस्