दुगड समुहद्वारा बिराटनगर बसपार्क स्थित बसका मजदुरलाई राहत सामाग्री बितरण

के एल दुगड समुह द्वारा बिराटनगर स्थित बिराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु बितरण गरेको छ।

कोरोना महामारीले गर्दा बसपार्क स्थित दैनिक ज्यालादारी मजदुरहरुलाई राहत स्वरुप खाद्य सामाग्री बितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला उपस्थितीमा बितरण गरिएको थियो।


Advertisement

२०७८–०२–२४ गते मात्रै १०० जना मजदुरहरुलाई खाद्य सामाग्री बितरण गरिएको थियो।

के एल दुगड समुहले कोहलपुर  स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना  बिरामी कुरुवाहरूलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ ।

 उक्त कार्यक्रम २०७८ असार मसान्त सम्म रहनेछ भने नेपालगन्ज स्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्