स्थगित प्रदेशसभा बैठक पुनः सञ्चालनमा ढिलाइ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन प्रस्ताव पेश भएर स्थगित भएको प्रदेशसभा बैठक पुनः सञ्चालनमा  ढिलाइ भएको छ ।

विश्वासको मत लिनेबारे मुख्यमन्त्रीले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलपछि विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने बेलामा करीब आधा घण्टा बैठकमा ढिलाइ भइसकेको छ । 


Advertisement

मध्याह्न १२ बजे पोखरा सभागृह हलमा शुरू भएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि दलका नेताहरूले प्रस्तावमाथि छलफल गरेका थिए । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । पौने ४ बजे बैठक शुरू हुनुपर्नेमा अझै पनि शुरू हुन सकेको छैन । 

मत विभाजनका लागि आवश्यक ठाउँ बनाउँदा ढिलाइ भएको बताइएको छ । 

युवा तथा खेलकुद मन्त्री दीपक मनाङे संसदमा देखिएका छैनन् । सत्तारुढ दललाई समर्थन नगर्ने बताउँदै उनी बुधवारदेखि नै सम्पर्कविहीन छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्