सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।

बिहीवार बसेको बैंकको ३४५ औं सञ्चालक समितिको बैठकले ४ वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको हो ।


Advertisement

गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीईओ रहेका पोखरेल नियुक्त भएका हुन् ।

उनले २०७६ जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सीईओमा नियुक्ति लिएका थिए ।

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआईसी, नबिल, स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धी राम्रो ज्ञान भएको बैंकरका रूपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा ३ वर्ष काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुहोस्