×

NMB BANK
NIC ASIA

कोरोना उपचारमा बहुविधि उपयोगी

जेठ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ ।

Muktinath Bank

केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने बताए । “आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हँुदैन, न एलोपेथिक मात्र । दुवैलाई सँगै लैजान सके बिरामी चाँडै निको हुने देखिएको छ”, उनले आफ्नो अनुभव सुनाए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुर्वेद चिकित्सालय नरदेवीमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट)सहितको आइसोलेसन सेन्टरमा रहेका सङ्क्रमितको उपचारमा आयुर्वेद, एलोपेथी, योग, प्राणायाम, कपिङ थेरापी, फिजियोथेरापी प्रयोग सुरु गरेको जानकारी उनले दिए ।


Advertisment
Nabil box
Kumari

विभिन्न रोग र जटिल अवस्थाका बिरामीलाई पनि १० दिनमा निको गर्न सफल भएको दाबी गर्दै डा. केसीले यो एकीकृत चिकित्सा प्रणाली कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी देखिएको पनि प्रस्ट पारे।

Vianet communication
Laxmi Bank

उनले भने, “अस्पतालमा भर्ना भएका सङ्क्रमितमध्ये करिब ९० प्रतिशत मध्यम र जटिल अवस्थाका थिए । सामान्य खालका बिरामीलाई आयुर्वेदिक औषधिअन्तर्गत ज्येष्ठवासादि मिश्रण काँडा, सितोपलादी, गौदन्ती, महासुवर्ण चूर्ण मिश्रित औषधि तथा लक्षणअनुसार आयुर्वेदिक फर्मुला ‘एक’ र ‘दुई’ दिइएको थियो ।”

मध्यम र जटिल अवस्थाका बिरामीलाई आयुर्वेदिक उपचार, एलोपेथी औषधि, अक्सिजनको प्रयोग, कपिङ थेरापी, आवश्यकताअनुसार स्टेरोइड, रेम्डेसिभिर, योग ध्यानको माध्यमबाट उपचार गरिएको पनि उनले जानकारी दिए । डा. केसीका अनुसार शरीरमा अक्सिजनको मात्रा घटेका, छाती दुख्ने तथा मांसपेशी दुख्ने, सुक्खा खोकी लागेका बिरामीलाई कपिङ थेरापी उपयोगी देखिएको छ ।

आयुर्वेदिक चिकित्सकले पनि आयुर्वेद मात्र राम्रो वा एलोपेथिक चिकित्सकले पनि आधुनिक चिकित्सा मात्र राम्रो भन्ने भनाइ छोड्नुपर्ने उनको सुझाव छ । दैवव्यापाश्रय चिकित्साअन्तर्गत (मन्त्र चिकित्सा–महामृत्युञ्जय मन्त्र, विष्णु सहस्रनाम, हनुमान चालिसा, सङ्कटमोचन मन्त्र, नवग्रह मन्त्र) गराउने, सङ्गीत चिकित्सामा राग, भजन, वाद्यवादन गराएको पनि डा. केसीले जानकारी दिए । आधुनिक चिकित्साअन्तर्गत कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल अफिसरले बिरामीको स्वास्थ्य जाँच र सिफारिसअनुसारको उपचार गरिएको जानकारी उनले दिए ।

यसैगरी कोरोना सङ्क्रमितलाई दिइने औषधिमा असुरो, तालिसपत्र, पर्पटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटी अधिक मात्रामा हुन्छन् । यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्ध नाश हुने आदि लक्षणलाई निर्मूल पार्न चाहिने सक्रिय तत्त्व रहेको कुरा वैज्ञानिक अनुसन्धानमै देखिएको डा. केसीले बताए ।

कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रूपमा समेत आह्वान गरेको छ ।

आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरसविरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रूपमा जनाइएको छ । काठमाडौँ महानगरको अनुदानमा नरदेवी आयुर्वेदिक अस्पतालमा एचडीयूसहित ५० शøयाको आइसोलेसन रहेको छ । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x