कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
जेठ ३१, २०७८
विष्णुमाया तामाङले रातदिन नभनी ज्याला मजदूरी गरेर ३ लाख रुपैयाँ कमाएकी थिइन् । उनको मेहनत देखेर साथीहरू भन्थे– कति अरुको मात्र काम गर्छेस्, आफ्नै केही गर ।
साथीहरूले नै उनलाई विद्युतीय सफा ट्याम्पो किनेर चलाउन सुझाव दिए । त्यसपछि उनले गाँस काटेर जम्मा गरेको रकम र फाइनान्सबाट ऋण लिएर २२ लाखमा ट्याम्पो किनिन् ।
२ वर्षमा चुक्ता गर्ने गरी फाइनान्सबाट ऋण लिएकी थिइन् । त्यो २ वर्ष बित्दैछ । तर दुर्भाग्य! ट्याम्पो किनेको केही महिनामा नै कोरोनाका कारण लकडाउन भयो ।
अहिले आएर फेरि निषेधाज्ञा हुँदा फाइनान्सको किस्ता त परको कुरा घरभाडा समेत बुझाउन नसक्ने अवस्थामा पुगेकी छिन्, उनी ।
निषेधाज्ञाका कारण मान्छे बोक्न नपाएपछि उनी राति २ बजे नै उठेर तरकारी बजार पुग्छिन् । त्यहाँबाट तरकारी ओसारेर कमाएको २/३ सय रुपैयाँ खानलाई पनि पुगनपुग हुन्छ ।
यस्तै अवस्था रामेछापका ललितबहादुर सुनुवारको पनि छ । उनी ट्याम्पो चालक हुन् । उनको घरमा कमाएर ल्याउने अरू कोही छैन । निषेधाज्ञाका कारण उनको पनि रोजीरोटी गुमेको छ । ललितको पीडा यतिमा मात्र सीमित छैन । कोरोनाले दिदीको निधन भएपछि उनी शोकमा छन् ।
ट्याम्पो चलाएर जीविका चलाउँदै आएका हरेकको पीडा यस्तै छ । विद्युतीय सफा ट्याम्पो चालक तथा व्यवसायी जीवन बाइवाले सरकारप्रति आक्रोश पोखे ।
यस्तो संकटका बेलामा सामान्य राहत समेत उपलब्ध नगराएको उनको गुनासो छ ।
विद्युतीय यातायात स्वरोजगार व्यवसायी संघका अध्यक्ष रामप्रसाद घिमिरेले धेरै व्यवसायीहरू विस्थापित हुने अवस्था आएको बताए ।
सरकारी नीतिले नछोएका कारण व्यवसायीले थोरै मात्र पनि राहत महशुस गर्न नपाएको उनको गुनासो छ ।
सानोतिनो रकमबाट दु:खजिलो गरी विद्युतीय ट्याम्पो जोडेका धेरै साना व्यवसायी अहिले संकटपूर्ण अवस्थामा छन् ।
निषेधाज्ञाले उनीहरूलाई उठ्नै नसक्ने गरी थला पारेको छ । यो संकटको अवस्था कहिलेसम्म जाने हो निधो छैन । सरकारको ध्यान पनि उनीहरूतर्फ गएको देखिँदैन ।
हेर्नुहोस्, भिडियो :
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...