निरन्तर उकालो लाग्दै शेयर बजार, एक वर्षमा कति बढ्यो ?

२०७७ बैशाख मसान्तमा १२०१.६ रहेको नेप्से सूचकाङ्क २०७८ बैशाख मसान्तमा २६८४.१ पुगेको छ ।

२०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो। 


Advertisement

२०७८ बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३७२४ अर्ब ५५ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७८ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् ।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत
तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ बैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड शेयरको चुक्ता मूल्य रु.५६० अर्ब ८८ करोड रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनासम्ममा रु.२ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, रु.४१ अर्ब ३३ करोड बराबरको साधारण शेयर, रु.४३ अर्ब २० करोड बराबरको बोनस शेयर, रु.१४ अर्ब ५५ करोड बराबरको
डिबेन्चर, रु.५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र रु.२ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.३ खर्ब २७ अर्ब ४० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१७ अर्ब ५४ करोड बराबरको डिबेन्चर, रु.१३ अर्ब ३४ करोड बराबरको साधारण शेयर, रु.६ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.३ अर्ब ०५ करोड बराबरको हकप्रद शेयर गरी
कुल रु.४० अर्ब ४३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्