×

NMB BANK
NIC ASIA

चितवनमा निषेधाज्ञाकै बीच ७८ कैदीबन्दी थपिए

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् ।
 
कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उनले जानकारी दिए। उनका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् । यस्तै खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कागाजात किर्ते र कर्तव्य ज्यानका दुई÷दुई, जिउ मास्ने बेच्ने एक तथा गैँडा तस्कर एक जना रहेका छन् ।
 
यस्तै नवलपुर जिल्ला अदालतबाट आएकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषध मुद्दामा चार, जबर्जस्तीकरणीमा तीन, सवारी ज्यानमा दुई र बहुविवाहका दुई जना रहेका छन् । काफ्लेका अनुसार बैंकिङ कसुर, भ्रष्टाचार र डाँका मुद्दाका एक÷एक जना रहेका छन् ।
 
मकवानपुरबाट लागूऔषध मुद्दाका एक जनालाई कारागार कार्यालय चितवन पठाइएको छ । सोही समयावधिमा कार्यालयबाट ६२ जना छुटेका छन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आम माफी पाएका १६ र अन्य कैद भुक्तान गरेर र अदालतबाट मुद्दा फैसला भएर छुटेका हुन् ।
 
यस समयमा कारागार आएका कैदीबन्दीलाई कारागारभित्रै १५ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनका लागि भित्र छुट्टै कोठाको व्यवस्था गरिएको उनले बताए । अहिले कारागार कार्यालय चितवनमा ६७५ कैदीबन्दी रहेका छन् । पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५२ र २५५ जना क्षमताको पुरुष बन्दीगृहमा ६२३ कैदीबन्दी रहेका छन् । कारागारमा तीन आश्रित बालिका रहेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x