×

NMB BANK
NIC ASIA

कुखुरालाई खुवाउने दाना नै कुखुराको विष त बनिरहेको छैन ?

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 शक्ति वा पोषणको स्रोतका लागि कुखुरालाई दाना खुवाइन्छ तर त्यही दाना कतै विष भइरहेको त छैन ? विभिन्न सरुवा रोग लागेर धमाधम कुखुरा मर्न थालेपछि अहिले व्यवसायी तथा विज्ञहरूसमेतले दानाको गुणस्तरमा प्रश्न गर्न थालेका छन् ।

Muktinath Bank

पश्चिम चितवन शिवनगरको अमृत पोल्ट्री फार्ममा गत वैशाख अन्तिमदेखि जेठ पहिलो सातासम्म दुई हजार दुई सयभन्दा बढी कुखुरा मरे । फार्मका सञ्चालक रामलाल भुसालले कुखुरा मर्नुमा विभिन्न प्रकारका सरुवा रोगसँगै गुणस्तरीय दाना नहुनु पनि कारण हुनसक्ने आशङ्का गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“दानामा एकै किसिमको गुणस्तर छैन । हामीले प्रयोग गरिने दानाको पनि गुणस्तर अध्ययन हुनुपर्छ,” उनले भने ।


Advertisment
Nabil box
Kumari

उनको आशङ्कालाई विज्ञको तर्कले पुष्टि गरेको छ । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. सुबिर सिंह दानाको कच्चा पदार्थको स्रोतमै हुने ढुसीले दानामा विष उत्पादन गरेको बताउँछन् । त्यस्तो दाना खाँदा कुखुरा मरेका हुनसक्ने उनको तर्क छ ।

Vianet communication
Laxmi Bank

“दानाको कच्चा पदार्थमा हुने ढुसीका कारण विभिन्न किसिमको ‘माइकोटाक्सिन’(ढुसीजन्य विष) उत्पन्न भई कुखुरामा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्नाले अनेकौँ सरुवा रोग लाग्ने जोखिम बढेको छ,” कुखुरामा देखिएको बढ्दो मृत्युदर अध्ययन तथा अनुसन्धानका लागि गठित विज्ञ प्राविधिक समूहका संयोजकसमेत रहेका उपाध्यक्ष डा. सिंहले भने ।

“कुखुराको दाना खानयोग्य हुन ‘माइकोटक्सिन’ परीक्षणमा ‘अफ्लाटक्सिन’को मात्रा २० पीपीबीभन्दा कम हुनुपर्छ तर अहिले बजारमा आएका दानामा प्रयोग भएका कच्चा पदार्थ मकै वा ढुटोमा यसको मात्रा ७० देखि १२० पीपीबीसम्म पाइएको छ” उनले भने ।

ढुसीमा अफ्लाटक्सिनका साथै डन, अकराटक्सिन, टी २ लगायतका हानिकारक विषाक्त तत्त्व हुने र त्यसले कुखुराले सामान्य रूपमा दाना पानी मन लगाएर नखाने, छेर्नुका साथै मिर्गौलालगायतका अङ्ग सुन्निँदै गएर अस्वाभाविक र असाधारण तरिकाबाट मर्ने गरेको पनि उनले जनाए ।

छ महिनायता विभिन्न सरुवा रोगका कारण नेपालमा ६० लाख कुखुरा मरेको तथ्य सार्वजनिक भएको छ । त्यसबाट दुई अर्ब ४० करोड रुपियाँ बराबरको क्षति किसानले बेहोरेको बताइएको छ । कुखुरा विशेषज्ञ एवं कृषि तथा वन विश्वविद्यालय पशु तथा मत्स्य सङ्कायका डिन प्राडा होमबहादुर बस्नेत पनि कुखुरा निरन्तर मर्नुमा रोगसँगै प्रदूषित दाना पनि समस्या हुनसक्ने बताउँछन् ।

उहाँका अनुसार कार्बोहाइडे«ट अर्थात् शक्तिको स्रोतका रूपमा मकै र गहुँ, प्रोटिनका रूपमा भटमासको पिना, क्याल्सियमका रूपमा एक किसिमको सामुद्रिक जीवको खोल ‘सिप’, खनिज पदार्थ र भिटामिनहरूको संयोजन गरेर कुखुराका लागि दाना बनाइन्छ । प्राडा बस्नेतले किसानले अहिले प्रयोग गरिरहेका दाना यी तत्त्व मिलाइएर बनेकामा आफूलाई विश्वास नभएको बताए ।

उनले अहिले निषोधाज्ञाका कारण लामो समयसम्म कच्चा पदार्थ सञ्चित गर्दा र नयाँ मकैमा चिसो मात्रा बढी हँुदा ढुसीको समस्या हुने गरेको पनि बताए ।

तर नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी नेपाली दानामा ढुसीको मात्रा बढी भयो भन्नु नै गलत भएको दाबी गर्नुहुन्छ । “कुनै पनि दानामा पानीको मात्रा ११ प्रतिशतसम्म रहन पाउने व्यवस्था छ तर पनि अहिले उत्पादन हुने दानामा त्योभन्दा पनि कम पानी प्रयोग भएको छ”, उनले थपे, “सरकारी निकायले पनि दानाको गुणस्तर नियमित परीक्षण गरिरहने हुँदा त्यसमा शङ्का गर्नु जरुरी छैन । ”

नेपालमा अहिले ११८ वटा उद्योगमा दैनिक पाँच हजार दुई सयदेखि पाँच हजार पाँच सय मेट्रिक टनसम्म दाना उत्पादन भइरहेको छ । यसरी दाना उत्पादन गर्ने उद्योग सबैभन्दा बढी काठमाडौँमा २६ र चितवनमा २४ वटा छन् ।

मूल्य पनि अधिक !
अहिले चितवनमा कुखुराको दानाको मूल्य प्रतिकिलो सात रुपियाँ बढेर ५५ रुपियाँ पुगेको छ । यो अहिलेसम्मकै अधिक मूल्य भएको नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बताए । दानाको मूल्य बढ्दा अण्डा र मासु उत्पादनको लागत बढेको गुनासो पनि उनको छ । “मासु र अण्डा उत्पादनको लागत घटाउन पहिला दानाको मूल्य घटाउनुपर्छ,” उनले भने । गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x