×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेश सरकारको बजेट आज, आकार बढाएर ३८ अर्ब हाराहारीको बजेट आउँदै

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 लुम्बिनी प्रदेश सरकारले आज (मंगलबार) आगामी वर्ष २०७८/७९ को लागि बजेट ल्याउँदै छ ।

Sagarmatha Cement
Muktinath Bank

कोरोना नियन्त्रण र थला परेको अर्थतन्त्रलाई उकास्ने गरी ल्याउन लागेको बजेटको आकार गत वर्षको भन्दा वृद्धि हुुने सरकारले बताएको छ । ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी सरकारले गरेको छ । लुम्बिनी चालू आर्थिक वर्ष २०७७/७८ को लागि ३६ अर्ब ३५ करोड रूपैयाँ बराबरको बजेट ल्याएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार प्रदेश नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको हो । असार १ मा संवैधानिक रूपमा प्रदेशले बजेट ल्याउनुपर्ने व्यवस्था छ । मंगलबार दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

तीन वर्षसम्म आर्थिक मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शंकर पोखरेल सम्हाल्दै आएका थिए । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जनता समाजवादी पार्टीको सहयोगमा सरकार गठन गरेका उनले वैशाख १९ मा वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका थिए ।

Vianet communication
Laxmi Bank

कोरोना नियन्त्रण, उपचार, स्वास्थ्य पूर्वाधार निर्माण र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको मन्त्री बैजनाथ चौधरीले बताए । गत वर्षदेखि नै कोरोना महामारीका कारण प्रभावित बजेट कार्यान्वयन यस पटक पनि त्यस्तै हुने देखिन्छ ।

कोरोना नियन्त्रणलाई केन्द्रमा राखेर बजेटको ठूलो हिस्सा त्यसैमा छुटाइएको मन्त्री चौधरीको भनाई छ । ‘गत वर्षको भन्दा बजेटको आकार केही मात्रामा बढेर आउनेछ,’ मन्त्री चौधरीले भने, ‘तर, यो पटक नयाँ योजना केही थपिने छैनन्, पूराना अधुरा योजनालाई पूरा गर्ने गरी बजेट आउनेछ ।’ 

बजेटमा कोरोना नियन्त्रणका लागि उपचार, परीक्षण, जनशक्ति  व्यवस्थापनमा बिशेष रुपमा सम्बोधन गर्ने गरी बजेट छुटाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कोरोना महामारीबाट पुर्नउत्थान गर्ने गरी स्वास्थ्यपछि कृषिलाई नै लुम्बिनीले विशेष महत्व दिएको छ । कृषि प्राविधिक सेवामा किसानको पहुँच नभएकाले वडा तहमै प्राविधिकको उपलब्धता सुनिश्चित गर्ने कार्यक्रम बजेटमा उल्लेख गरिएको छ ।

रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता बजेटले दिने छ । बजेटमा अघिल्ला बर्षहरुमा जस्तो नयाँ ठूला आयोजनाहरु समावेश नगरिएको बताइएको छ । चालु आर्थिक बर्षको बजेट पनि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएको थियो । 

किसानले प्राविधिक ज्ञान पाएका छैनन्, त्यसैले वडामा कृषि प्राविधिक सुनिश्चित गरेर किसानको योजना बनाउनेदेखि लिएर आधुनिक कृषिका लागि प्रोत्साहन गर्ने गरि सरकारले सहयोग गर्नेछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x