×

NMB BANK
NIC ASIA

मलाई राम्ररी बोल्न दिनुस् भन्दै अन्तर्वार्ताकारलाई थर्काए पुटिनले (भिडियो)

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी च्यानल एनबीसीका केर सिम्मोन्ससँगको अन्तर्वार्तामा सिम्मोन्सलाई थर्काएका छन् । 

Muktinath Bank

सोमवार प्रसारित अन्तर्वार्तामा सिम्मोन्सले पुटिनलाई असहमतिका स्वर दबाउने कोशिश गरेको भन्दै घेर्न खोजेका थिए । उनले अहिले कारागारमा रहेका अभियन्ता अलेक्सी नभाल्नीको प्रसंग झिकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमा पुटिनले प्रतिप्रश्न गरे, ‘म विपक्षीहरूबाट असुरक्षित अनुभव गर्छु भनी कसले भन्छ ? कसले तपाईंलाई यस्ता कुरा सुनाउँछ ? यो हास्यास्पद छ,’ उनले भने । 
 


Advertisment
Nabil box
Kumari

नभाल्नीको संस्थाका विरुद्ध हालैका दिनमा अदालतले गरेको फैसला र विदेशी लगानीमा रहेका दुईवटा सञ्चार संस्था मेदुजा र भीटाइम्सलाई विदेशी एजेन्ट भन्नु दमनको रूपरेखा नभएको पुटिनले बताए । अमेरिकामा पनि त्यस्तै उपाय अपनाइने गरेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

पुटिन र सिम्मोन्सबीचको संवाद पछि पछि तात्दै गयो । पुटिनले बोल्दाबोल्दै सिम्मोन्सले रोक्न खोजे र उनको भनाइलाई चुनौती दिए ।

त्यसपछि पुटिनले रिसाउँदै भने, ‘म उत्तर दिऊँ कि नदिऊँ ? तपाईंलाई मेरो उत्तर मन परेन, त्यसैले रोकिरहनुभएको छ । यो अनुपयुक्त छ ।’

रुसको कुरा सोध्दा अमेरिकाको कुरा झिकेर पुटिनले ‘अनि के त’ शैली अपनाएको भनी सिम्मोन्सले आरोप लगाएपछि पुटिन रिसाए । 

उनले भने, ‘धैर्य गरेर मैले के भन्न खोजेको त्यसलाई टुंग्याउन दिनुस् । तपाईंलाई सबै कुरा स्पष्ट हुनेछ । तर तपाईंलाई मेरो उत्तर मन परिरहेको छैन । तपाईं मेरो उत्तर तपाईंको दर्शकले हेरोस् भन्ने चाहनुहुन्न । यही त छ समस्या । तपाईं मलाई चुप लगाउन खोज्दै हुनुहुन्छ । यही हो अभिव्यक्ति स्वतन्त्रता ? अमेरिकी शैलीको अभिव्यक्ति स्वतन्त्रता हो यो ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x