गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव : 'छायाँ’को होइन ‘ऐना’को सुझाव लिनुहोस्

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)लाई आफ्नो कार्यकालमा छायाँको नभई ऐनाको सुझाव लिन आग्रह गरेका छन् । 

मंगलवार मुख्यमन्त्री पोखरेललाई उनले एक लेख लेख्दै अहिलेको समय संवेदनशील भएको र यस्तो समयमा राम्रो सावित हुन धेरै राम्रो काम गर्नुपर्ने बताएका छन् । 


Advertisement

प्रवक्ता शर्माले पोखरेलको कामसँग पार्टीको आगामी छवि गाँसिएको भन्दै असल कामका लागि सुझाव दिएका हुन् । 

उनले भनेका छन्,‘समय संवेदनशील छ, राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ । त्यसैले ‘छायाँ’को होइन ‘ऐना’को सुझाव लिनुहोस् । हेक्का रहोस् तपाईको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ । तर नभुल्नुहोस्, संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको । प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस् ।’


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्