×

NMB BANK
NIC ASIA

कसैले कम नआँकोस् रोनाल्डोलाई, युरोमा मच्चाउन सक्छन् धमाल

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

फर्नान्डो सान्तोसलाई नौ महिनाअघि एउटा प्रश्न सोधिएको थियो– पोर्चुगलमा क्रिस्टियानो रोनाल्डो नहुने हो भने अझ राम्रो हुन्थ्यो ?

Muktinath Bank

प्रश्न सुनेर​ सान्तोसले कुम खुम्च्याए अनि उत्तर दिनुअघि मुस्काए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आफ्नो सर्वोत्कृष्ट खेलाडी नहुँदा संसारको कुनै पनि टीमले राम्रो प्रदर्शन गर्न सक्दैन,’ पोर्चुगललाई सन् २०१६ मा युरो जिताएका सान्तोसले भने । 


Advertisment
Nabil box
Kumari

पाँचपटक बालोन दोर जितेका रोनाल्डोले फूटबल खेलमा विगत १९ वर्षदेखि प्रभाव जमाउँदै आएका छन् । 

Vianet communication
Laxmi Bank

उनी पोर्चुगलका राष्ट्रिय नायक हुन् र सदैव रहनेछन् । सन् २००४ को युरोको फाइनलमा पोर्चुगल ग्रीससँग हार्दा रोनाल्डो सानै थिए अनि ग्वाँ ग्वाँ रोएका थिए । 

त्यसपछि उनी खतरनाक खेलाडीका रूपमा उदाए । उनले धेरै कीर्तिमानहरू तोडेका छन् अनि आफ्ना क्लब र आफ्नो देशलाई धेरैथरी उपाधि जिताएका छन् । 

उनी थप कीर्तिमान तोड्न खोज्दैछन् । पोर्चुगलका लागि उनले १०४ गोल गरिसकेका छन् । इरानका अली दाइले बनाएको १०९ गोलको कीर्तिमान उनले तोड्ने लगभग पक्का छ । 

‘सबै कीर्तिमान भंग हुनैका लागि बनाइएका हुन् र म त्यो कीर्तिमान भंग गर्नेछु,’ रोनाल्डोले सन् २०१९ मा भनेका थिए । 

युरोमा उनले अन्य व्यक्तिगत कीर्तिमान बनाउने सम्भावना छ । 

एक गोल मात्र गरे भने पनि उनी युरोपेली च्याम्पियनशिपको इतिहासमा सर्वाधिक गोल गर्ने व्यक्ति बन्नेछन् र त्यसक्रममा फ्रान्सका महान् खेलाडी मिसेल प्लाटिनीलाई पछि पार्नेछन् । 
 

पोर्चुगलले एउटा खेल जित्नेबित्तिकै उनले स्पेनका खेलाडीहरू सेस फाब्रेगास र आन्द्रेस इनिएस्ताको युरोमा सर्वाधिक जीतको कीर्तिमान भंग गर्नेछन् । 

अनि पोर्चुगलले यसपालि युरो जितेछ भने लगातार युरो जित्ने दोस्रो कप्तान बन्नेछन् । 
 

युभेन्टसमा यसपालिको सीजन गतिलो नरहेको भए पनि रोनाल्डोको उत्साह उच्चस्तरको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x