२७ जेठ २०८३, बुधबार

बाढी पहिरोको क्षति न्युनीकरण गर्न गगन थापाले गराए गृहमन्त्रीको ध्यानाकर्षण

बाढी पहिरोको क्षति न्युनीकरण गर्न गगन थापाले गराए गृहमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले मनसुन शुरू भएसँगै बाढी पहिरोको क्षति न्युनीकरण गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले यस मनसुनमा उच्च जोखिम रहेको स्मरण गराउँदै पूर्व तयारी गर्न ध्यानाकर्षण गराएका हुन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘पूर्व तयारी नगर्दा कोरोना महामारीले ठूलो क्षति गरिरहेको छ । विपद्लाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ । यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन् । अतः क्षति न्यून गर्न पूर्व सावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराउँछु ।’ 

salt training

कमेन्ट गर्नुहोस्