×

NMB BANK
NIC ASIA

धितोपत्र बोर्डले भन्यो – ५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेल

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचनामार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । 

Muktinath Bank

सो आग्रहसँगै गलत मनसाय राखेर कारोबार भइरहेका केही कम्पनीबारे अध्ययन पनि भइरहेको जनाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डको सोही अध्ययन अनुसार कूल ५१ कम्पनीको धितोपत्र कारोबारमा बदमासी भएको र लगानी जोखिममा पर्न सक्ने ठहर गरेको छ ।


Advertisment
Nabil box
Kumari

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार अध्ययन गरिएका कम्पनीको मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, विगत १ वर्षको अवधिमा ३०० प्रतिशत वा सोभन्दा बढी प्रतिशतले वृद्धि भएको पाइएको छ । बोर्डले मंगलवार ती कम्पनीको शेयरमा गरिएको लगानी जोखिमपूर्ण रहेको जनाएको हो ।

Vianet communication
Laxmi Bank

उनका अनुसार प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वित्तीय क्षमताको मूल्याकंन समेतका आधारमा जोखिमयुक्त देखिएको छ ।

लगानीकर्ताको विश्वासले धितोपत्र बजारमा २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । बजारको सिद्धान्त अनुसार धितोपत्र बजार सधै बढी रहने मात्रै नभई समय क्रममा घटबढ पनि हुने बोर्डको ठहर छ । यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु अत्यन्तै जोखिमपूर्ण हुने उल्लेख गर्दै बोर्डले सचेतता अपनाउन लगानीकर्तालाई आग्रह गरेको छ ।

धितोपत्रमा लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्था र विविध परिसूचकबारे बढीभन्दा बढी जानकारी प्राप्त गरी जोखिम बहन गर्न सक्ने क्षमता मूल्यांकन गरेर मात्र लगानी गर्न बोर्डले पुनः सचेत गराएको छ ।

बोर्डले पछिल्ला दिनमा गरेको अध्ययनका आधारमा केही संगठित संस्थाको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत थप विश्लेषण भइरहेको जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार मापक नेप्से परिसूचक उच्च अंकमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्ने लगानीकर्तालाई बोर्डले स्पष्ट शब्दमा सचेतता अपनाउन पुनः ध्यानकर्षण गराएको छ ।

पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि बोर्डले लगानीकर्तालाई सचेत गराएको प्रवक्ता गिरीले उल्लेख गरे ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले मात्रै सबै कुरा निर्धारण गर्दैन । तर बजार लगातार उकालो लाग्दा धेरैलाई खुशी नै लाग्छ । कम लगानीमा पनि राम्रो प्रतिफल पाउने लालसाले केही लगानीकर्ता कुनै नबुझी शेयर बजारमा लगानी गरिरहेको पाइएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवार नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ ।

बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निर्णय आफैंमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ ।

पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुनु पर्ने बोर्डको भनाइ छ ।

बोर्डका अनुसार जलविद्युत् उपसमूहका २० कम्पनी,  निर्जीवन र जीवन बीमा उपसमूहका १० कम्पनी, पर्यटन तथा होटल उपसममूहका २ कम्पनी, ४ फाइनान्स कम्पनी र २ लघुवित्त हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टलगायत ५१ कम्पनीको शेयर मूल्यमा चलखेल भएको बोर्डको अध्ययनमा देखिएको छ ।

बोर्डका अनुसार २०७७ असारसम्म १७ लाखको संख्यामा रहेको हितग्राही खाताको संख्यामा शतप्रतिशत नै वृद्धि भई हाल ३५ लाख नाघेको छ । २०७७ असारमा करीब ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाता समेत १ वर्षको अवधिमा साढे ३ गुणाले वृद्धि भई २६ लाख पुगेको छ ।

बोर्डका अनुसार धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाखले भाग लिने गरेकामा हाल एउटै निष्काशनमा करीब १८ लाखले आवेदन दिने गरेका छन् ।

गत असारमा अनलाइन कारोबारका लागि ३५ हजारले युजर आईडी लिएकामा हालसम्म १७ गुणाले वृद्धि भई ६ लाख ६० हनार पुगेको छ । औसतमा ६ लाख लगानीकर्ता कारोबारमा सक्रिय रहेका छन् । पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएको देखिन्छ  ।

धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार विद्युतीय माध्यमबाट घरमै बसीबसी भइरहेको छ । हाल करीब ९० प्रतिशत कारोबार सोही माध्यमबाट भइरहेको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x