आत्मघाती गोलले हार्यो जर्मनी, फ्रान्सको विजयी सुरुवात

युरोकप अन्तर्गत गएरातिको खेलमा फ्रान्स १–० ले विजयी भएको छ । अलिनाज एरिना रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जर्मनीका खेलाडीले गरेको आत्मघाती गोल नै फ्रान्सका लागि जित सावित भयो ।
खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गोल गर्न पुगेका हुन् ।

यस्तै  खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरेपनि भिडिओ असिस्टेन्ट रेफ्री भीएआरले मान्यता दिएनन् ।


Advertisement

खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा गोल प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो । यस्तै खेलमा ६२ प्रतिशत समय बल जर्मनीसँग थियो भने ३८ प्रतिशत फ्रान्ससँग थियो ।
 यस्तै खेलमा एक पहेँलो कार्ड प्रयोग भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्