जसपाको उपेन्द्र यादव समूहको बैठक भोलि

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको बैठक भोलि बिहीबार बस्दैछ  । पार्टीभित्र विवाद चर्किएका बेला दुई अध्यक्ष मध्ये एक यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।

बैठक बिहीबार साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने अध्यक्ष यादवले जानकारी दिए ।


Advertisement

यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई कारवाही गरेको थियो । तर निर्वाचन आयोगले कारवाहीलाई मान्यता दिएको छैन । त्यसपछि आक्रोशित बनेका यादवले आफूपक्षीय छलफललाई तिव्रता दिएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्