मध्यपुरथिमिका सबै वडामा एन्टिजिन र पिसिआर परीक्षण

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अबस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण सम्पन्न गरेको छ ।  

परीक्षणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डबसहितको टोलीले परीक्षणको आज बिभिन्न केन्द्रमा  अनुगमन तथा निरीक्षण गरेका थिए । टोलीलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले एन्टिजिन र पिसिआर परीक्षणका बारेमा जानकारी गराएका थिए ।


Advertisement

नगरपालिकाले आज साँझसम्म सबै वडाको तथ्याङ्क सङ्कलन गरी आइतबार प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।  परीक्षणमा कोरोना सङ्क्रमण  पुष्टि भएकालाई निःशुल्क आइसोलेसन र उपचार गरिने उनले बताए । एकै पटक १० हजारको एन्टिजिन र पिसिआर परीक्षण गर्ने उद्देश्य रहेको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्