२६ जेठ २०८३, मंगलबार

बर्खास्तीमा परेका विद्युत प्राधिकरणका सञ्चालक सदस्यलाई कारवाही नगर्न सर्वोच्चको आदेश

कात्तिक २०, २०७४
बर्खास्तीमा परेका विद्युत प्राधिकरणका सञ्चालक सदस्यलाई कारवाही नगर्न सर्वोच्चको आदेश
लोकान्तर संवाददाता
काठमाडौं, १३ पुस –सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको छ ।
बुधवार अदालतले प्राधिकरणका सञ्चालक समितिका सदस्यत्रय लक्ष्यमणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बखास्र्ती गर्ने यसअघिको उर्जा मन्त्रालयले निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश दिएको हो । ‘बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगराउन अल्पकालिन अन्तरिक आदेश दिइएको छ,’ अदालतका सहायक प्रवक्ता विश्वाज पौडेलले लोकान्तरसँग भने ।

थप छलफलका लागि अदालतले यही पुस १९ गते तीनै सदस्यलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको सहप्रवक्ता पौडेलले भने ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै मन्त्रालयले सञ्चालक समितिका सदस्यत्रयलाई पुस पहिलो साता बर्खास्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्