
काठमाडौं, २२ जेठ – चितवनकाे भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा जेठ २८ गतेसम्म चुनाव नगर्न सर्वोच्च अदालतले अन्तरकालिन आदेश दिएको छ ।
सर्वोच्चमा रिट हाल्ने एमाले कार्यकर्ता र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाउँदै सर्वोच्चले निर्वाचन आयोगका नाममा २५ गते सम्म भरतपुरमा चुनावी कार्यक्रम अघि नबढाउन आदेश दिएको हो ।
न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले साेमवार यस्तो आदेश दिएको हो । एमाले कार्यकर्ता गुञ्जमान विकले अाइतवार सर्वोच्चमा रिट हालेका थिए ।
* यसअघि 'जेठ २८ गते सम्म स्थगित भएको छ' हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं ।याे पनि,