×

NMB BANK
NIC ASIA

प्राकृतिक विपदको पीडा

मेलम्चीका दाता : जसले बजार बसाउन १७ रोपनी जग्गा दान गरे उनैलाई बाढीले कोठा खोज्ने बनायो !

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित मेलम्ची बजार पुग्दा ४२ वर्षीय श्यामबहादुर खड्का निकै चिन्तित अवस्थामा भेटिए ।

Muktinath Bank

१ रोपनी जग्गामा १० कोठासहितको साढे २ तल्ले घर बाढीले क्षतिग्रस्त बनाउनु मात्र उनको चिन्ताको विषय थिएन, उनी त सिंगो बजार ध्वस्त भएकोमा अझ बढी चिन्तित थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँ मेलम्ची बजार बसाउनमा उनको निकै ठूलो भूमिका रहेछ । बजार बसाउनका लागि उनले शुरूमा धेरै जग्गा निशुल्क उपलब्ध गराएका रहेछन् । पछि कतिपयलाई सस्तो दाममा जग्गा उपलब्ध गराएर बजार बसाएको उनको दाबी थियाे ।


Advertisment
Nabil box
Kumari

हामी मेलम्ची बजार पुग्दा उनी मेलम्ची नगरपालिकाको वडा नम्बर ११ को वडा कार्यालय परिसरमा मानिसलाई सान्त्वना दिँदै गरेको अवस्थामा भेटिए ।

Vianet communication
Laxmi Bank

केही समयपछि उनीसँग कुरा गर्ने क्रममा उनको गहभरि आँसु देखियो ।

सम्हालिँदै उनले भने, ‘सपना देखेको पो हो कि जस्तो भइरहेको छ । अचानक पूरा बस्ती ध्वस्त भएको दृश्य आँखाले देख्दा पनि पत्याउन नसकिने जस्तो छ।’

तीन रातदेखि उनी सुत्न पनि पाएका रहेनछन्।

​‘तीन रातदेखि सुतेको पनि छैन । चिनेजानेका सबै मानिसको फोन आइरहेको छ । फोनमा उहाँहरूले सान्त्वना दिने गर्नुहुन्छ,' उनले भने, ‘कस्तो भयो भने तनाव लिएर पनि काम छैन, नलिएर पनि भएको छैन।’

खड्काका अनुसार ४८ रोपनी जग्गामा त्यहाँ बस्ती निर्माण भएकामा उनले ३ सय ४४ वटा घडेरी बिक्री गरेका थिए।

जसमध्ये १७ रोपनी घडेरी उनले सरकारी कार्यालयदेखि विभिन्न संघ-संस्थालाई नि:शुल्क उपलब्ध गराएका रहेछन् ।

आठ आना, १ रोपनीदेखि डेढ रोपनीसम्मका प्लट सरकारी निकाय र संघ-संस्थालाई दान गरेको उनले बताए ।

नेकपा एमालेको पार्टी कार्यालय, कृषि कार्यालय, खानेपानीको कार्यालय, सुकुम्बासीको कार्यालय, राधेराधे समितिको कार्यालयदेखि स्थानीय सिन्धु ज्वाला पत्रिकाको कार्यालय समेतका घर उनले दान गरेका जग्गामा बनेका थिए।

त्यसबाहेक उनले दान गरेको जग्गामा कभर्ड हल पनि बनेको रहेछ । अहिले ती सबै संरचनाहरू बाढीका कारणले ध्वस्त भएका छन् ।

उनको आफ्नै घरजग्गा समेत बाढीले ध्वस्त बनाएपछि अहिले भाडाको घरमा सरेका छन् । पेशाले जग्गा व्यवसायी भएपनि उनी त्यस बस्तीका एउटा अभिभावक नै हुन् ।

‘मैले ५० हजार आनाका दरले बेचेको जग्गा अहिले ४ वर्षमा १० लाख रुपैयाँ आनाको दरले बिक्री भइरहेको छ,’ उनले भने, ‘राम्रो बाजार बनोस्, मानिसहरूको बस्ती बसोस् भन्ने उद्देश्यले सस्तो दाममा मानिसलाई जग्गा बेचेको थिएँ।’

उनले बेचेका जग्गा किनेका मानिसले अहिले केही महिनाअघि १० लाख रुपैयाँ आनाको दरले बिक्री गरेका थिए।

उनले मेलम्ची बाहेक त्यही वडाको फटे भन्ने स्थानमा समेत ५० रोपनी जग्गा दान गरेको बताए ।

दान गरिएको जग्गामा ब्लड बैंक, रेड क्रस, नेत्रहीन संघको कार्यालय, खानेपानी आयोजना जस्ता थुप्रै संघ-संस्थाहरू बनेका छन् । 

‘त्यहाँ कुनै जमानामा त्यो सबै जग्गा पाण्डेहरूको थियो। १८ सय रोपनी जग्गा त्यहाँका १० भाइ पाण्डेहरूबाट मैले धेरै सस्तोमा किनेको थिएँ ,’ उनले भने, ‘त्यही जग्गामध्ये कतिपय दान गरेको थिएँ भने कतिपय मानिसलाई धेरै सस्तो मूल्यमा बेचेर बस्ती बसाउनुको साटो सुन्दर शहर निर्माण गराउन लगाएको थिएँ।’

तर अहिले त्यही सुन्दर शहर हेर्दाहेर्दै कुरूप बगरको रुपमा परिणत भएको छ।

कतिपय मानिसले खोला बस्तीमा नपसेर बस्ती नै खोलामा पसेको हुनाले यस्तो विपत्ति भएको भनेर सामाजिक सञ्जालमा लेखेको देख्दा उनलाई धेरै दु:ख लाग्दो रहेछ ।

क्षति भएकामध्ये एउटा पनि कित्ता सार्वजनिक सरकारी जग्गा नभएर लालपूर्जा सहितको जग्गा भएको दाबी उनले गरे ।

'बस्ती त खोलाभन्दा बाहिर निजी जग्गामा बसेको थियो । अतिक्रमण नै हुन्थ्यो भने १ सय वर्षदेखि त्यहाँ अहिलेसम्म बाढी आएकै थिएन । यस्तो स्थितिसम्म आउला भन्ने कुराको त हामीले कहिल्यै कल्पना समेत गरेका थिएनौं ।'

उनले फेरि अर्को एउटा अठोट गरेका छन् ।

 ‘अब नयाँ ठाउँ खोजेर बस्ती बसाउँछु । आगामी दिनमा यसरी प्रकोप नहुने गरी सुरक्षित तरिकाले बस्ती बसाउन सबै मिलेर प्रयास गर्छौं,’ उनले भने, ‘स्थानीय सरकारदेखि संघीय सरकारसम्मले सहयोग गरे फेरि पनि सुरक्षित स्थानमा बस्ती पुनर्निर्माण गर्नतर्फ लाग्नेछौं।’

अहिले आफूसँग ११ सय रोपनी जग्गा बाँकी रहेको उनले बताए । तर, ती जग्गाहरू अलि माथि डाँडामा छन् । त्यसको मूल्यांकन धेरै कम रहेको उनले बताए।

 ‘अहिले बाढी आएको जग्गामा नै फेरि पनि जोखिम नहुने गरी राज्यले व्यवस्थापन गर्‍यो भने त्यही जग्गामा फेरि पनि पुनर्निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘नभए मसँग बाँकी रहेको जग्गामा सुरक्षित स्थान खोजेर बस्ती बसाउन प्रयास गर्नेछु। ’

उनी पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए। तर उनले जीत भने हासिल गर्न सकेनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x