×

NMB BANK
NIC ASIA

सभामुख सापकोटाले गरे विपद् प्राधिकरणका पदाधिकारीसँग छलफल

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सभामुख अग्निप्रसाद सापकोटाले यस वर्ष मनसुनको शुरूआतसँगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन् ।

Muktinath Bank

उनले बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च नेतृत्व र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग अलग–अलग छलफल गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा मंगलवार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल सहितको टोलीले सिन्धुपाल्चोक, मनाङ्, चितवनलगायत देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानले पुर्‍याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यबारे जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

सो अवसरमा सभामुखले विपद्ग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार कार्य अगाडि बढाउन, विपत्तिबाट समस्यामा परेकालाई यथासक्य छिटो सम्बोधन गर्न र सबैभन्दा धेरै समस्या भोग्नुपरेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन आग्रह समेत गरे ।

Vianet communication
Laxmi Bank

उनले यसअघि गत आइतवार विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञसँग छलफल गरेका थिए । देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनःस्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रीत सो छलफलका सहभागीले ७७ जिल्लामध्ये भूगोल र मौसमका हिसाबले सो जिल्ला  निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताएका थिए ।

विज्ञले पूर्व तयारीका लागि पूर्व सूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदी नियन्त्रणका क्षेत्रमा तत्काल काम शुरू गर्नुपर्ने बताएका थिए । सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको नमूनायोग्य काम गरी देशका अन्य स्थानमा पनि सो विधि लागू गर्न सकिने उनीहरूको सुझाव थियो ।

छलफलमा विज्ञहरू डा. गंगालाल तुलाधर, डा. हरिकृष्ण श्रेष्ठ, डा. रञ्जनकुमार दाहाल, डा. कृष्ण देवकोटा र डा. रविनराज निरौला सहभागी थिए । सभामुख सापकोटाले मंगलवारै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिएका उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x