×

NMB BANK
NIC ASIA

सर्वाेच्चले मन्त्रीहरू पदमुक्त गरिदिएपछि कुन दलले के भने ?

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि २ पटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ ।

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटनपछि शपथ खाएका २० जना मन्त्रीलाई काम लगाउन रोक लगाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्च अदालतको यो आन्तरिम आदेशपछि विभिन्न राजनीति दलले प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूको प्रतिक्रिया यस्तो थियो –


Advertisment
Nabil box
Kumari

फैसला अप्रत्यासितः एमाले

Vianet communication
Laxmi Bank

नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गर्ने सर्वोच्च अदालतको फैसला अप्रत्यासित रहेको जनाएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयमा एकपछि अर्को सर्वोच्चले अंकुश लगाउँदै आएकोमा एमालेको यस्तो प्रतिक्रिया आएको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको आदेश अप्रत्यासित रहेको बताए । उनले सर्वोच्चको आदेशले राष्ट्रिय राजनीतिलाई जटिल दिशातर्फ धकेलेको टिप्पणीसमेत गरेका छन् । ‘सर्वोच्चको फैसला अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिमा लामो समयसम्म गम्भीर र नकरात्मक प्रभाव पार्छ,’ ज्ञवालीले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएपछि एमालेले यस विषयमा थप समीक्षा गर्ने भएको छ । प्रवक्ता ज्ञवालीले यस विषयमा पार्टी बैठकमा थप छलफल एवं समीक्षा हुने बताए ।

प्रधानमन्त्री ओलीको कार्यशैली संविधान विपरीतः कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली संविधानविपरीत भएको पुष्टि भएको बताएका छन् । संसद विघटनपछिको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृंखलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको बताए ।

प्रवक्ता शर्माले भने, ‘संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, सर्वोच्चको आदेश त्यसको विनम्र अस्वीकारोक्ति हो । प्रधानमन्त्रीको शैली असंवैधानिक थियो भन्ने पुष्टि हो ।’

फैसला स्वीकार गर्नुको विकल्प छैनः जसपा (ठाकुर)

प्रतिनिधिसभा विघटनपछि सरकारमा सामेल भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले फैसला स्वीकार गर्नुको विकल्प नभएको जनाएको छ । जसपा कार्यकारिणी समितिका सदस्य एवं सर्वोच्चको फैसलाबाट पदमुक्त भएका मन्त्री लक्ष्मणलाल कर्णले अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताए । जसपाको ठाकुर र महतो पक्षबाट ओली सरकारमा ११ जना मन्त्री बनेका थिए ।

सर्वोच्चको फैसला स्वीकार गर्ने बताउँदै कर्णले एमालेसँगको सहकार्यमा फैसलाले प्रभाव पार्न नसक्ने बताए । प्रधानमन्त्री ओलीसँग जसपाको सहकार्य जारी नै रहने बताउँदै उनले आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने बताए ।

सर्वाेच्चबाट लोकतन्त्रको रक्षाः जसपा (यादव)

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशबाट लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवको यस्तो प्रतिक्रिया आएको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून र विधि विधानलाई मिचेर देश सञ्चालन गर्न खोजिरहेका थिए तर सर्वोच्च अदालतले त्यो गलत हो, त्यस्तो नगर्नुस् भन्यो,’ यादवले भने, ‘संसारमा कतै पनि संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रावधान छैन, नेपालको संविधानमा पनि त्यो व्यवस्था छैन तर ओलीले जानीजानी त्यस्तो गरे, नेपालको इतिहासमा सबैभन्दा बढी कानुन तथा संविधान मिच्ने काम प्रधानमन्त्री ओलीले गरेका छन् ।’

संसद् पुनःस्थापना हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले भने, ‘प्रधानमन्त्री ओलीले संविधान मिचेर संसद् विघटन गरेका हुन्, हुँदै नभएको कानुनको व्याख्या गरेर संसद् विघटन गरेका हुन्, अब अदालतले त्यसलाई पुनःस्थापना गर्छ ।’ राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x