×

NMB BANK
NIC ASIA

स्नातक : दोस्रो वर्षका स्थगित परीक्षा साउन ५ गतेदेखि, पहिलो वर्षको १० गतेबाट !

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्थी भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि पुरानै मोडलमा परीक्षा लिन लागिएको हो ।

Vianet communication
Laxmi Bank

विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । विशेष अवस्था भएका कारण विश्वविद्यालयले परीक्षा केन्द्र रोज्ने अवसर दिएको हो । सामान्य अवस्थामा परीक्षा केन्द्र सार्न विश्वविद्यालयले बन्देज गरेको छ । यसका लागि परीक्षा केन्द्र थप गर्नुपर्ने अवस्था आउने जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् ।

परीक्षा फाराम अनलाइनबाट

विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ ।

विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको हो । यी विद्यार्थीको परीक्षा भदौभित्र गर्ने त्रिविको योजना छ ।

परीक्षा नियन्त्रक जोशीले सङ्क्रमणको अवस्था सामान्य हुँदै गए अब विश्वविद्यालयका अन्य परीक्षा नियमित रूपमा सञ्चालन गर्दै जाने बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x