कन्काई, कोशी, कमला तथा बाग्मती नदीमा बहाव बढ्ने चेतावनी, सतर्कता अपनाउन आग्रह

आज मुलुकका विभिन्न स्थानमा मध्यम तथा भारी वर्षा हुने मौसम विभागले जनाएको छ । 

भारी वर्षाका कारण कन्काई, कोशी, कमला तथा बाग्मती जलाधारका केही सहायक नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


Advertisement

महाशाखाका अनुसार, केही साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ । 

महाशाखाले भनेको छ, आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाव केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने देखिएको छ । 

महाशाखाले बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्