नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानदेखि एनटीसीका पोस्टपेड र प्रिपेड मोबाइलबाट फोन जाने आउने भएको छैन ।
टेलिकमका अधिकारीहरुले सिस्टममा प्राविधिक समस्या देखिएको र समाधानको प्रयास भइरहेको जनाएका छन् ।

सेवाग्राहीहरुले नेटवर्कमा समस्या देखिएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरिरहेका छन् । तर टेलिकमले समस्याबारे अहिलेसम्म औपचारिक जानकारी भने दिएको छैन ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्