×

NMB BANK
NIC ASIA

कोरोना संकट

निषेधाज्ञामा यातायात मजदूरको पीडा– मागेर खान लाजै भैसक्यो, लौ न सरकार … ! [भिडियो रिपोर्ट]

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले मंगलवार (असार ८) गतेदेखि निषेधाज्ञालाई केही खुकुलो बनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

निजी सवारी साधन जोर/बिजोरका आधारमा चलेका छन् भने ट्याक्सीहरूलाई पनि चल्न दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विस्तारै खुकुलो भएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन चल्न नपाउने नियम भने कायम छ ।


Advertisment
Nabil box
Kumari

अरू सवारीलाई एकदिन बिराएर निर्बाध चल्न दिने तर सार्वजनिक सवारीलाई चल्न नदिने नियमप्रति रिङरोडका बस चालक/सहचालक तथा व्यवसायी कत्ति पनि खुशी छैनन् ।

Vianet communication
Laxmi Bank

सहचालक जीवन राना मगर नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बसका सचिव पनि हुन् ।

उनी सार्वजनिक सवारी नचल्दा हातमुख जोर्नै मुस्किल परेको बताउँछन् । कहिले कोसँग कहिले कोसँग सापटी मागेर होटल चहार्दै खानुपरेको रानाले सुनाए । एक छाक खान पनि माग्नुपर्दा लाज भैसकेको उनको गुनासो छ ।

आफ्नो काँधमा परिवारका ३ जनाको पालनपोषणको जिम्मेवारी रहेको भन्दै उनले सार्वजनिक सवारी साधन पनि चल्न दिन माग गरे ।

व्यवसायी परमेश्वर गौतमले गाडी किनेको ४ वर्ष भयो । शुरूका २ वर्ष त राम्रैसँग चल्यो ।

त्यसपछि भने उनी बैंकको किस्ता समेत तिर्न नसक्ने अवस्थामा आइपुगेका छन् ।

कहिले लकडाउन र कहिले निषेधाज्ञा भनेर गाडी थन्क्याएर राख्नुपर्दा खिया लाग्न र च्याउ उम्रिन थालेको गुनासो उनले गरे ।

सवारी चालक ताराबहादुर प्याकुरेल व्यवसायी र मजदुरका बारेमा सरकारले नसोचेको गुनासो गर्छन् । गाडी चलाउन नदिने तर कर भने असुल्ने सरकारी शैली उनलाई पटक्कै मन परेको छैन ।

सडकमा पुग्दा यातायात व्यवसायी र मजदुरहरूको एउटै माग छ- निजी सवारी चल्न दिँदा हामीलाई पनि चल्न दिनुपर्‍यो । बरु आधा यात्रु बोक्छौं, मास्क-स्यानिटाइजर प्रयोग गरेर सावधानी पनि अपनाउँछौं … ।

हेर्नुहोस्, भिडियो :

<

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x